सप्तरी।पछिल्लो लामो समयदेखि जिर्ण रहेको सप्तरीको कठौनादेखि पातोसम्मको सडक निर्माणको काम पुनः शुरु भएको छ ।गत बर्षदेखि सडक निर्माणको काम शुरु गरिएपनि ५ महिना यता काम बन्द गरिएको थियो । हुलाकी सडक आयोजनाको जिम्मामा रहेको यो सडकको निर्मण पुनः शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् ।

काम बन्द गरिएपछि सप्तरी क्षेत्र नम्बर ३ का सांसद चन्द्रकान्त चौधरी र प्रदेश सांसद विदेश्वर यादव ‘विक्की’ को पहलमा काम शुरु भएको छ । यी दुबै सांसदले हुलाकी सडक आयोजनाका प्रमुखसँग काठमाडौंमा भेट गरी सडकको काम अबिलम्ब गर्न आाग्रह गरेपछि दशैं लगत्तै काम शुरु भएको छ ।
शम्भुनाथ नगरपालिकाको कठौनादेखि डाक्नेश्वरी नगरपालिकाको पातोसम्मको १६ किलोमिटरको यो सडक बर्षाको समयमा प्रायः बन्द हुन्छ । सबारीसाधन गुड्न मात्र होइन पैदल हिंडन समेत समस्या हुने गर्दछ । प्रदेश सांसद विक्कीले हुलाकी आयोजना प्रमुखसँगको कुराकानीका क्रममा तीन महिनाभित्र सडक निर्माण पूरा हुने जनाएको बताए । अहिले सडकमा ग्राभेल हाल्ने काम शुरु भएको छ ।
साभार-माई सञ्चार डट कम
Discussion about this post