nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिला क्षेत्रमा आज कोजाग्रत पूर्णिमा मनाइँदै

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १४, २०७७, ५:२५ मध्यान्ह
मिथिला क्षेत्रमा आज कोजाग्रत पूर्णिमा मनाइँदै

जनकपुरधाम ।मिथिला क्षेत्रमा आज हिन्दू धर्मावलम्बीहरुले कोजाग्रत पूर्णिमा पर्व मनाउँदैछन् । आजको दिनबाट यस वर्षको दशैंलाई विधिवत रुपमा समापन गरिँदैछ भने तिहारको स्वागत गरिँदैछ । मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमालाई ‘कोजगरा’ को रुपमा मनाइँदैछ ।

विधिवतरुपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिदैंछ ।महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन आफ्नै किसिमको छ ।

मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ । यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्वपूर्ण मानिन्छ । पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ ।

पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार (विशेष किसिमको कोसेली) पठाउने चलन छ । भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नै पर्ने हुन्छ ।

बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात चुमाओन गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतसहित आर्शिवाद दिने गर्छन् । यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइदिदैं ससुरालीबाट आउने कपडा पहिर्‍याउने गरिन्छ ।

बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक किसिमको आर्शिवाद दिनु हो । चुमाओन विधि सकिएपछि सामूहिक रुपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् यस दिन । यस अवसरमा मिठाइ, मखान, पान बाँड्नैपर्ने हुन्छ ।

खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी बेहुला र बेहुलीका दाजु वा भाईबीच खेलिन्छ । बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरु पनि दिने चलन छ । आभूषण, औंठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ ।

यस दिन छोरीको विवाह गर्दा प्रतिबद्वता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ । यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ वा १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ ।

छोरीको विवाह भएर विदाई गर्ने बेलामा दिइने कोसेली झैं कोजगरा पर्वमा पनि कोसेलीहरु दिइने गरिन्छ । मिथिला संस्कृति अनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्‍याउनुपर्ने हुन्छ ।

जानकी मन्दिरमा उत्सव मनाइँदै

कोजगराका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव नै मनाइन्छ । यो उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् ।

यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ । बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाई दही च्यूरा, पान मखानसहितका एक सय ८ वटा भार यस पटक पनि आएको छ ।

मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी थालिएको छ । कोजगराको अवसरमा बिहानैदेखि जानकी मन्दिरमा श्रद्धालुहरुको व्यापक भीड लागेको छ ।

मिथिलाको पान संस्कृति
हरेक शुभ कार्यमा पानको पात आवश्यक हुन्छ । माछ (माछा), पान र मखानका लागि चर्चित मानिन्छ मिथिला नगरी जनकपुरधाम ।

मिथिलाञ्चलवासीले पानलाई आफ्नो जीवनको अति आवश्यक सामग्रीको सूचीमा समावेश गरेका पाइएको छ । यहाँ आउने पाहुना, साथीसंगीलाई चिया र पानको लागि सोधिने गरिन्छ । धर्मशास्त्रमा पानलाई शुद्ध र पवित्र मानेर देवतालाई पनि चढाइन्छ । पूजा, उत्सव र भोजभतेरमा पान अनिवार्य झैँ भएकाले पनि यसले मिथिलाञ्चलमा अधिक महत्व पाएको हो ।

भरदुतिया पर्वमा पानको पात भाइको हातमा राखी पूजा गर्ने चलन छ । विवाहमा वर–वधुलाई मायाका रूपमा पान खान दिने चलन पनि छ । यसबाट परस्परमा मायाको अभिवृद्धि हुने जनविश्वास छ । पान मिथिला क्षेत्रमा अति पवित्र मानिएको पाइन्छ । यस क्षेत्रमा प्रत्येक पूजा–प्रतिष्ठा, यज्ञ–अनुष्ठान, व्रत, पर्व, शुभाशुभ सांस्कारिक एवं देव–पितृ कार्य इत्यादिका अवसरमा पानको पातको आवश्यकता पर्ने गर्दछ ।

यसरी नै गृहदेवताको पूजाआराधनादेखि लिएर सत्यनारायणको पूजा, चौठचन्द्र, छठ पर्व, रविशनि पर्व जस्ता पर्वहरूमा ‘फूलपान’ भनेर ‘अघ्र्य’ चढाइने गरिन्छ, जसमा पानको पात, फूल र फल, प्रायः केरा, राखेर ‘अघ्र्य’ दिइने प्रचलन रहेको छ ।

यसका साथै यस क्षेत्रमा पानको पातलाई खाने कार्यमा पनि उपयोग गरिन्छ । पानको पातको कतिपय अवस्थामा औषधीय उपयोग समेत रहेको बताइन्छ । यसलाई चून, कथा, सुपारी आदिका साथ प्रायः भोजनोपरान्त खाने प्रचलन छ ।

मिथिला क्षेत्रको सुप्रसिद्ध तिथि कोजाग्रत पूर्णिमाका दिन मधुर, मखान तथा पान खाने प्रचलन रहेको छ । यसका साथै यस क्षेत्रमा प्रायः आयोजना भइरहने भोजका अवसरमा पनि पान–सुपारी खुवाइने गरिन्छ । यसरी पान खाँदा यसमा अनेक प्रकारका मसाला, जर्दा, सुगन्धित वस्तु इत्यादि पनि मिसाइने गरिन्छन् ।

पानको धार्मिक महत्वसँगै सांस्कृतिक महत्व पनि उत्तिकै छ । कुनै कन्याको सौन्दर्यको वर्णन गरिँदा उनको पातलो ओठलाई ‘पानजस्तो पातलो ओठ’ भनेर तारिफ गरिन्छ । वात्स्यायनको कामसूत्रमा पान खाने सन्दर्भलाई सोह्रशृङ्गारमध्ये एक मानिएको छ । परापूर्वकालमा महिलाले मात्र पान खाने गरेको प्रसङ्ग समेत त्यसमा उल्लेख भएको पाइन्छ ।

आयुर्वेद चिकित्साका पिता धन्वन्तरीले पानमा १ सय ५ गुण हुने बताएका छन् । उनका अनुसार खानपानपछिको पान अम्मल मात्र नभई पाचन क्रियाको सहयोगी हुन्छ । रुघाखोकी, सर्दी र रक्त विकारमा पानलाई उत्तम मानिन्छ । आयुर्वेदमा पानको गुण रक्तवद्र्धक, कफनाशक, बलवद्र्धक र रुचिकारक बताइएको छ ।

मैथिल संस्कृतिमा पानको प्रमुखताका कारण अनेकौं लोकगीतमा यसको चर्चा पाइन्छ । भाइ–बहिनीको अमरप्रेमको प्रतीक पर्व सामा चकेवाको गीतमा बहिनीले आफ्नो भाइका लागि यसरी गीत गाउँछिन्–

पनमा जे खएला हो भैंया पिकीया नेडौला अहीठाम
तहि पिकिये हो भैया जङ्गा–जमुना अएलइ बाढि

त्यस्तै सोहरगीतमा नायिका गर्भवती भएपछि आफ्ना प्रियतमलाई भन्छिन्–

ढोलिएक पान देलनि किछु नहि देलनि
एउटा शृङ्गारिक लोकगीतमा पानको यसरी पनि चर्चा गरिएको छ–
हँसी–हँसी पनमा खियौले बइमनमा
कि अपने वसे रे परदेश
गोरी रे चुनरियामे दगिया लगाइ गेले
मारिके करेजबामे ठेस

पान मैथिल संस्कृतिको अभिन्न अङ्ग बनेकाले मिथिलाञ्चलमा कलकतिया, बनारसी, देशी, मगही, हरियरपात एवम् मीठा पातको अधिक प्रचलन भएको पाइन्छ ।

पान वहुपयोगी लहरेदार बनस्पति
पान वहुपयोगी लहरेदार बनस्पति हो । पान खाने नेपाल,भारत लगायत दक्षिण(पूर्व एसियाको परम्परा रहेको छ । पान को पातमा चूना, कत्था, सुपारीको टुकडा, सौंफ एवं अन्य विभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन छ ।

प्राप्त जानकारी अनुसार अहिलेसम्म पान पातका ६४ जातहरु भारतमा पाइन्छ । तीमध्ये प्रमुख जातहरु देशी, काली, रायटेक आदि महाराष्ट्रमा । साँची, मिठु (मिठा पत्ता), जहाजी र बङ्गला पान आसाम र पश्चिम बङ्गालमा तथा देशी देशावरी, कपुरी, मधही, वनारसी, कलकतीया बंगलापान उत्तर प्रदेशमा लगाइन्छ ।

नेपालमा हासम्म उत्पादन गरिएका जातहरुमा देशी, बङ्गला, संचारी र मिठापत्ता पान हो । पान खेतीका लागि उपयुक्त हावापानी भएको ठाउँमा थोरै जमिन हुने साना कृषकहरुका लागि दीर्घकालीन आयश्रोत बन्न सक्ने तथ्यलाई नकार्न सकिदैन् ।

कृषि विज्ञ रामेश्वर महतोको अनुसार हाम्रो यहाँ तराईका पूर्वी जिल्लाहरुमा विगत दुई दशकदेखि पान खेती हुँदै आएको छ । नेपालमा पनि केही समय अघिदेखि तुलनात्मक दृष्टिले थोरै क्षेत्रफलमा भएपनि झापा जिल्लाको शनिश्चरे, मोरङ्गका लेटाङ्ग, मधुमल्ला, सुनसरीको पञ्चकन्या र श्रीपुर तथा सप्तरी जिल्लामा व्यावसायिक स्तरमा परीक्षणको रुपमा पान खेती गर्न थालिएको पाइन्छ ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

वाटरल्यान्ड पार्क तोडफोड घटना उत्श्रृखल समूहले गरेको छ : कृष्ण फाउण्डेशन

वाटरल्यान्ड पार्क तोडफोड घटना उत्श्रृखल समूहले गरेको छ : कृष्ण फाउण्डेशन

जीवन विकास लघुवित्तको शाखा कार्यालय तिनकौरिया धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय विदेह धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

गर्मीमा कति पिउने पानी ?

सिराहाको मिर्चैयामा ट्याक्टर दुर्घटना चार मोटरसाइकलमा क्षति

सिराहाको मिर्चैयामा ट्याक्टर दुर्घटना चार मोटरसाइकलमा क्षति

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह
सिरहा सम्बाददाता-महेश सिंह

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!