सिरहा। नेपालीहरुको महान चाड वडादशैंमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा हुने भिडभाडका कारण कोरोना संक्रमण फैलिनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै शक्तिपीठ तथा मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
कारोना संक्रमण फैलिदो जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्न कार्यालयले शुक्रवार एक सुचना जारी गर्दै जिल्लाका सबै शक्तिपीठ तथा मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
नित्य पुजापाठबाहेक दर्शनकालागि सर्वसाधारणको भिडभाड हुन नदिन ओसज १ (घटस्थापना) गतेदेखि ९ (नवमी) गतेसम्म उक्त क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।
हेर्नुहोस सूचना
Discussion about this post