सिराहामा बोक्सीको आरोपमा गत भदौ २७ गते नवराजपुर गाउँपालिका-५ बस्ने रामनारायण यादवकी पत्नी मूर्तिदेवीमाथि कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।कुटपिटबाट मूर्तिदेवीको दुई वटा दाँत भाँचिएको थियो ।
मूर्तीदेवीलाई स्थानीय धर्मनाथ यादवको घरमा बोलाएर कुटपिट गर्नेमध्येका सोही ठाउँ बस्ने सन्तोष यादव पक्राउ परेका हुन् ।
प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त टोलीले यादवलाई नेपाल–भारत सीमा क्षेत्र नजिक ठाडीबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।
मूर्तिदेवीलाई कृष्ण यादव, धर्मनाथ यादव, सन्तोष यादवसहित ८ जनाले बोक्सीको आरोपमा भदौ २७ गते राति ११ बजे मरणोसन्न हुनेगरी कुटपिट गरेकाे पीडितको आरोप छ । कुटपिट गरेर फरार भएका अन्यको खोजी भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।
प्रहरीको अनुसार पीडित पक्षको उजुरीको आधारमा ८ जनाविरुद्ध बोक्सीको आरोप सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।
Discussion about this post