nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

असोज ३:जसपाले संविधान दिवसमा भाग नलिने,बिरोधका कार्यक्रम गर्न आह्वान, जसपा धनुषाले विरोध प्रदर्शन र ब्लाक आउट गर्ने (विज्ञप्ती सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३, २०७७, १:५२ मध्यान्ह
असोज ३:जसपाले संविधान दिवसमा भाग नलिने,बिरोधका कार्यक्रम गर्न आह्वान, जसपा धनुषाले विरोध प्रदर्शन र ब्लाक आउट गर्ने (विज्ञप्ती सहित)

जनकपुर।जसपाका अध्यक्षद्वय उपेन्द्र यादब र महन्थ ठाकुरले समेत विज्ञप्ती जारी गरेर संविधान दिवस नमनाउने र विरोधका कार्यक्रम गर्न आह्वान गरेको छ । संविधानका विभेदकारी प्रावधानहरू संशोधन नभएको भन्दै उसले दिवस नमनाउने भएको हो । यसअघि पनि मधेसकेन्द्रित दलहरूले कहिले ‘कालो दिन’ का रूपमा त कहिले विरोधका कार्यक्रम गरेर बष्हिकार गर्दै आएका थिए ।

जनआन्दोलन, सशस्त्र द्वन्द्व, मधेस जन विद्रोहलगायतका बेला सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानमा भएका प्रावधान र पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषय तथा जनताको अभिमतलाई समेत अनादार गरी संविधान जारी भएको जसपाले दाबी गरेको छ । उसले विभेदकारी प्रावधान संशोधन नगरेसम्म संविधानको स्वामित्व विस्तार नहुनेसमेत जनाएको छ । ‘विभेदकारी, अधुरो, अपुरो एवं त्रुटिपूर्ण संविधानले मधेसी, आदिवासी जनजाति, दलित, सिल्पी, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन,’ जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायत प्रावधान पनि अधुरो रहेको जसपाको जिकिर छ ।

जसपाले असोज ३ गते सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधान परिवर्तनका लागि दबाब दिने जनाएको छ ।

त्यसतै जनता समाजवादी पार्टी धनुषाले संविधान जारी भएको दिन असोज ३ गते विरोध प्रदर्शन र ब्लाक आउट गर्ने निर्णय गरेको छ ।

जसपा धनुषाका अध्यक्षद्वय प्रमोद यादब र पशुपति यादबले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । असोज ३ गते जनकपुरको जनक चोकबाट दिउँसो ४ बजे विरोधी र्याली निकाल्ने र साँझ ६ः३० बजेदेखि ६ः४५ बजेसम्म १५ मिनेट ब्लाक आउट गर्ने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती मार्फत विरोध कार्यक्रममा सहभागीताका लागि निर्वाचित जनप्रतिनिधि, केन्द्रिय, प्रदेश र जिल्लाका नेता तथा कार्यकर्ता, शुभेच्छुक, पत्रकार लगायतलाई अपिल समेत गरिएको छ ।

संविधानमा मधेसका मुद्दा सम्बोधन नगरेको भन्दै मधेसवादी दलले संविधान जारी भएकै दिनदेखि हरेक वर्ष ब्लाक आउट गर्दै आएको छ ।

Tags: देश

Discussion about this post

Related Posts

शहीद दुर्गानन्द झाको सालिकमाथि चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

शहीद दुर्गानन्द झाको सालिकमाथि चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

सत्य निरूपण तथा वेपत्ता छानबिन आयोग खारेजको माग, द्धन्द्धपीडितको आक्रोशः ‘झोले आयोग’ भन्दै राजनीतिक भागबन्डाको आरोप

सत्य निरूपण तथा वेपत्ता छानबिन आयोग खारेजको माग, द्धन्द्धपीडितको आक्रोशः ‘झोले आयोग’ भन्दै राजनीतिक भागबन्डाको आरोप

सिरहामा दलित मानव अधिकार र युपिआर विषयक एकदिने कार्यक्रम सम्पन्न

सिरहामा दलित मानव अधिकार र युपिआर विषयक एकदिने कार्यक्रम सम्पन्न

जनकपुरधाममा “विद्याश्रम बहस” सम्पन्न, स्थानीय तह योजनामा युवाको भूमिका विषयमा गहन छलफल

जनकपुरधाममा “विद्याश्रम बहस” सम्पन्न, स्थानीय तह योजनामा युवाको भूमिका विषयमा गहन छलफल

भारतबाट उद्धार गरिएका पाँच नेपाली नागरिकलाई माईती नेपालले लगायो परिवारको जिम्मा

भारतबाट उद्धार गरिएका पाँच नेपाली नागरिकलाई माईती नेपालले लगायो परिवारको जिम्मा

श्रममन्त्री भण्डारी र मलेसियाका मानव संशाधनमन्त्रीबीच द्धिपक्षीय भेट, श्रमका द्धिपक्षीय हितका बिषयमा छलफल केन्द्रीत

श्रममन्त्री भण्डारी र मलेसियाका मानव संशाधनमन्त्रीबीच द्धिपक्षीय भेट, श्रमका द्धिपक्षीय हितका बिषयमा छलफल केन्द्रीत

जनकपुरधाममा “ट्राफिक सप्ताह २०८२” सम्पन्न

जनकपुरधाममा “ट्राफिक सप्ताह २०८२” सम्पन्न

जनकपुरधाम र वीरगञ्जमा “मधेस टुरिजम मिट २०२५” हुँदै, पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमको तयारी तीव्र

जनकपुरधाम र वीरगञ्जमा “मधेस टुरिजम मिट २०२५” हुँदै, पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमको तयारी तीव्र

मधेसको शिक्षामा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री सिंह

मधेसको शिक्षामा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री सिंह

राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न

राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!