काठमाडौं । पूर्वी तराईमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहने नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध गरेकोसमेत बताए ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै उनले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वानसमेत गरेका छन् ।
आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ । आज अष्टमी जितियाको मुख्य दिन हो ।
Discussion about this post