nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १४, २०७७, ७:०९ मध्यान्ह
तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल

काठमाण्डौ : नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘लकडाउन’का कारण नयाँ मूल्य तोक्न नसकेको स्पष्ट पारिरहँदा आज एक्कासि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले सुनको कारोवार मूल्य तोकेपछि बजार तथा उपभोक्तामा अन्योल देखिएको हो ।

सुनचाँदी व्यवासायी महासङ्घले सरकारले कोभिड–१९ को महामारी फैलन सक्ने भन्दै देशव्यापी लकडाउन गरेका कारण नयाँ मूल्य तोक्न नसकिएको प्रष्टीकरण दिएको छ । सामान्यतयाः नेपाल सुनचाँदी व्यवसायी महासङ्घले नेपालमा सुन तथा चाँदीको दैनिक मूल्य निर्धारण गर्ने गरेको छ । महासङ्घका तर्फबाट नयाँ कारोबार मूल्य निर्धारण नहुँदै एकाएक आभूषण महासङ्घले मूल्य सार्वजनिक गरेपछि व्यवसायीका साथै उपभोक्ता पनि अन्योलमा परेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले रत्न तथा आभूषण महासङ्घका तर्फबाट सुनचाँदीको मूल्य सार्वजनिक भएसँगै बजारमा अन्योल सिर्जना भएको बताउनुभयो । “सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेको छ, लकडाउनमा अत्यावश्यकबाहेकका सबै व्यापार व्यवसाय बन्द छन्”, उहाँले भन्नुभयो, “दरभाउ निकाल्ने विषयमा आभूषण महासङ्घकातर्फबाट जानकारी माग भएको थियो, हामीले सरोकारवालासँग छलफल गरेर तय गरौँला भन्यौँ, तर उहाँहरुले मूल्य तोकिदिनुभएछ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँगको परामर्शमा सुनको भाउ तय गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । अध्यक्ष सुनारले जिल्ला जिल्लाबाट व्यवसायीले नयाँ मूल्य तोकेर दिन आग्रह गर्दै आएको पनि जानकारी दिनुभयो । सुनचाँदी व्यवसायी महासङ्घले विज्ञप्ति जारी गरेरै लकडाउन शुरु भएयता अन्य व्यवसायजस्तै सुनचाँदी व्यवसाय पनि बन्द रहेको र यस अवधिमा दर प्रकाशन नभएको जनाएको छ । महासङ्घले अर्को सूचना प्रकाशित नभएसम्म दैनिक दरभाउ प्रकाशन नगर्ने पनि स्पष्ट पारेको छ ।

यता नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले अन्तर्राष्ट्रिय बजार भाउअनुसार सुनचाँदीको बजार मूल्य धेरै फरक भइसकेको अवस्थामा दुई महिनादेखि पुरानै बजार भाउले उपभोक्तामा अन्योल सिर्जना गरेकाले नयाँ दरभाउ तोकिएको जिकिर गरेको छ । महासङ्घको यही जेठ १२ गतेको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार लिई सुनचाँदीको मूल्य कायम गरी प्रकाशन गर्ने निर्णय भएअनुसार नै आजदेखि नयाँ मूल्य सार्वजनिक गरिएको महासचिव कृष्णलाल महर्जनले जानकारी दिनुभयो ।

रत्न तथा आभूषण महासङ्घले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला रु ८६ हजार १०० र चाँदीको मूल्य प्रतितोला रु ८९० निर्धारण गरेको छ ।

Discussion about this post

Related Posts

सजिलो बचत तथा ऋण सहकारी संस्थाले मनायो १२ औं वार्षिकोत्सव

सजिलो बचत तथा ऋण सहकारी संस्थाले मनायो १२ औं वार्षिकोत्सव

जनकपुरधाममा ‘कनक ज्वेलर्स’ उद्घाटन,जउवा संघको पूर्व अध्यक्ष श्याम प्रसाद साहद्वारा सञ्चालनमा

जनकपुरधाममा ‘कनक ज्वेलर्स’ उद्घाटन,जउवा संघको पूर्व अध्यक्ष श्याम प्रसाद साहद्वारा सञ्चालनमा

राष्ट्रपति पौडेलद्वारा मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

सीमित कर्मचारीमार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

सीमित कर्मचारीमार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

जनकपुरधाममा सिटी पेन्ट्सको लञ्चिङ र डिलर मिट कार्यक्रम सम्पन्न

जनकपुरधाममा सिटी पेन्ट्सको लञ्चिङ र डिलर मिट कार्यक्रम सम्पन्न

ट्रेड युनियन अधिकारसंकुचन गरिएको भन्दै आन्दोलनको घोषणा

ट्रेड युनियन अधिकारसंकुचन गरिएको भन्दै आन्दोलनको घोषणा

नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा बिन्धी धनुषाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा बिन्धी धनुषाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय विदेह धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय तारापट्टी धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता भव्यताका साथ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय तारापट्टी धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता भव्यताका साथ सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!