जनकपुरधाम/साउन ८ गते। धनुषा प्रहरीले तीन जना बालिकालाई यौ न दुर्व्यवहार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ । मिथिला नपा–१० माझी टोल का ७७ वर्षीय थानाप्रसाद भट्टराईलाई सात, आठ र १० वर्षीया बालिकामाथि यौ न दुर्व्यवहार गरेको ओरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले हिजो विहिवार पक्राउ गरेको हो ।
पीडित बालिकाहरू भट्टराईको आँगनमा रहेको अम्बा टिप्न गएका बेला ‘मैले भनेको मान्छौँ भने तिमीहरूलाई धेरै अम्बा दिन्छु’ भन्दै नजिकै रहेको गोठमा लगेर यौ न दुर्व्यवहार गरेको पीडित बालिकाहरूको अभिभावकको आरोप छ ।
यौ न दुर्व्यवहार गरेपछि पीडित बालिकाहरू रुँदै घर गई अभिभावकलाई बताएपछि घटना सार्वजनिक भएको हो ।पीडित पक्षले विहिवारै इलाका प्रहरी कार्यालय ढल्केवरमा आरोपितविरूद्ध उजुरी गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख इन्स्पेक्टर प्रदिप सुवेदीले जानकारी दिए ।
पीडित तीनै जना बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।














Discussion about this post