nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निरस बन्यो असारे पन्ध्र

सजिलो पोस्ट सजिलो पोस्ट
असार १५, २०७८, ९:१४ मध्यान्ह
निरस बन्यो असारे पन्ध्र

महोत्तरी,असार १५ गते।हिलाम्य खेतमा छुपुछुपु धान रोपेर मनाइने असारे १५ पर्व महोत्तरीवासीका लागि यसपालि निरस भएको छ। कोभिड–१९ महाव्याधि सन्त्रासबीच परेको पर्व बीउ, पानी र जनशक्तिको तारतम्य नमिल्दा निरस बनेको हो।

बीउको अभावले समयमा ब्याड राख्न नपाएको, पानीको तारतम्य नमिलेको र मुख्य कुरा महाव्याधिले रोपाइँको जनशक्ति व्यवस्थापन गर्न नसकिँदा पर्व निरस बनेको किसानहरु बताउँछन्।

‘महाव्याधिको चपेटा थियो, समयमा बीउ नपाएर ढिलो भयो, अहिले पानी छैन, रोपाइँका लागि जन (मजदुर) पनि चाहिएका बेला पाइँदैनन्,’ बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामचन्द्र थापा मगर भन्छन्, ‘पर्व मनाउने कुरा त उही घरमा बसेर आँप, चिउरा खानुमै रहने भयो।’ पछिल्लोपटक असार–१५ उत्सवमय मनाउने पर्वते परम्पराको यो पर्व यसपालि निरस बनेको थापाको भनाइ छ।

‘हिल्याइएको खेतमा असारे गीतको लयमा रोपाइँको उत्सव मनाउने कुरा त अब पहिलेका कथा भनेर पछिल्लो पुस्तालाई सुनाउनेसम्म मात्र रह्यो,’ बर्दिबास–६ किसाननगरका ७५ वर्षीय केदारनाथ पोखरेल भन्छन्, ‘अब त न रहर देखिन्छ, न रस नै।’ आफू तन्नेरी हुँदा असारे १५ मनाउन केही दिन पहिलेदेखि नै तयारी हुने गरेको पोखरेलले सम्झिए।

यसअघिका वर्षमा असार १५ भित्र धानखेती गरिने महोत्तरीको कुल क्षेत्रफलमध्ये एकचौथाइ जतिमा रोपाइँ भइसक्ने गरेको भए पनि यसपालि भने रोपाइँले गति लिन सकेको छैन। खेतीलाई मुख्य व्यवसाय बनाएका पर्वते (पहाडी) मूलको बसोबास बाहुल्यका बर्दिबास, गौशाला र भङ्गाहा नगर क्षेत्रमा असारे १५ पर्व मनाउने परम्परा छ। तर। पछिल्लो समय नयाँपुस्ता खेती छाड्दै कामका लागि विदेशिने क्रम बाक्लिएपछि पर्व परम्परा हराउँदै गएको भङ्गाहा–४ का ७६ वर्षीय किसान दीपबहादुर फुँयाल बताउँछन्।

चुरे पहाड र नदी क्षेत्रमा अनियन्त्रित उत्खनन बढ्नु र वन मासिँदै गएर सन्तुलित वर्षा हुन छाडेको, जलाधार क्षेत्र मासिँदै गएका र पानीका स्रोतका मुहान मासिने, सुक्ने क्रम बर्सेनि बढ्दै गएपछि समयमा खेती लगाउन पाइने कुरा हराउँदै गएको गौशाला–१० भरतपुरका मनु अधिकारी बताउँछन््। यो प्रतिकूलताले बर्सेनि धानखेतीको क्षेत्रफल घट्दै गएको ६५ वर्षीय अधिकारीको भनाइ छ।

जिल्लामा ५० हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको भए पनि पछिल्ला केही वर्षयता बर्सेनि यो क्षेत्रफल घट्दो छ। सर्वसाधारण किसानले समयमा बीउ, मल नपाउनु, सिँचाइको भरपर्दो प्रबन्ध हुन नसक्नु, किसानले फसलको उचित मूल्य नपाउनु र कृषि जनशक्ति क्रमशः बाहिरिँदै जानुले यो अवस्था बनेको ग्रामीण किसान बताउँछन्।

‘भन्न त केन्द्रदेखि स्थानीय तहसम्मका सबै ९तीनै तह० सरकार कृषि प्राथमिकताको पहिलो क्षेत्र रहेको बताउने गरेका सुन्ने गरिएको छ,’ भङ्गाहा–५ सीतापुरका ९० वर्षीय किसान मानबहादुर भुजेल भन्छन्, ‘तर कृषिका नाममा सरकारले दिने सहुलियतचाहिँ टाठाबाठाकै हात पर्छ, सोझा किसान त सधैँ हिस्स।’

यही बेथितिले खेतीको आकर्षण घटेको कृषि विज्ञसमेत स्वीकार्छन्। मुख्य मेहनत गर्ने किसानसम्म सहुलियत नपुगेपछि निराशा बढेको लामो समय कृषि क्षेत्रको सरकारी सेवाबाट हाल निवृत्त हुनुभएका भङ्गाहा–६ सग्रामपुरका बासिन्दा कृषिविज्ञ राजकिशोर यादवको भनाइ छ।

महोत्सवकै रूपमा मनाइने असारे १५ को जीवन्तता हराउँदै गएको पाका किसान बताउँछन्। पछिल्ला केही वर्षयता जनमनको भन्दा पनि असारे १५ कर्मकाण्डी पर्व बन्ने गरेको बर्दिबास–५ गणन्ताका ८० वर्षीय किसान धनबहादुर स्याङ्बा व्यङ्ग्यभावमा बताउँछन्। ‘ठूलाबडा हाकिम जम्मा भएर बीउ हातमा लिएर फुटा (फोटो) लिएपछि असारे १५ भयो,’ स्याङ्बाले भने, ‘किसानको मन रोओस् कि हाँसोस्।’

महोत्तरीकै मुख्य अन्नबाली मानिएको धान रोपाइँ पर्याप्त हुन नसकेपछि यसपालि अन्नको हाहाकार पर्ने छाँट देखिएको बूढापाका लख काट्दै गरेका भेटिन्छन्। कृषि विज्ञहरु भने धान रोपाइँका लागि अहिले निकै समय बाँकी रहेकाले आत्तिने बेला भइनसकेको बताउँछन्। साउन निगल्दोसम्म रोपिएको धान राम्रै फल्ने भएकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको कृषि क्षेत्रको सहसचिव पदको सरकारी सेवाबाट निवृत्त भएका बर्दिबास–५ चेरुका वाणिकराज काफ्ले बताउँछन्। साउन पहिलो सातासम्म रोपाइँ गर्न नसकिँदा भने अन्य बाली लगाउने तयारी भने गर्न विज्ञले किसानलाई सुझाएका छन्।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!