जनकपुरधाम,जेठ २४ गते । धनुषामा पाँचौ पटक एक साता निषेधाज्ञा थप भएको छ । सोमबार विहान जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बैठकले जेठ ३१ गतेसम्म जिल्लाभर निषेधाज्ञा थप गरेका छन् । धनुषामा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी भएको थियो।
निषेधाज्ञा थप सम्बन्धी जारी सुचना अनुसार जिल्लाभित्र Covid-19 को नयाँ भेरियन्टको संक्रमण दरमा क्रमश सामान्य सुधार देखिएता पनि संक्रमणको चुनौती अझै कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।
















Discussion about this post