धनुषा,जेठ २२ गते।पोर्ताहामा बिग्रेर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका एक जवानको ज्यान गएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।
गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना४त १६८२ नंको ट्याक्टरमा पूर्वबाट आएको रा६प २८६३ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको ज्यान गएको बताइएको छ ।
मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुवेदीले जानकारी दिए । रासस














Discussion about this post