धनुषा,जेठ २० गते।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा रोकिराखेको तेल टंयाकरमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एकको अवस्था गम्भीर रहेको छ ।
बुधबार राति अन्दाजी ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी आर्मी ब्यारेक अगाडि रोकिराखेको ना ४ ख ३४७४ नम्बरको तेल टंयाकरमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ज १ प ३४६३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुरका १७ बर्षिय राजेशकुमार यादवको ज्यान गएको छ। र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने बर्ष १८ को इन्द्रजीत सहनी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
चालक यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको थियो । ठक्करबाट गम्भीर घाइते दुबैको धारापानीस्थित एक नीजि स्वास्थ्य उपचार केन्दमा्र उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।














Discussion about this post