काठमाडौ,चैत १३ गते।आगामी वर्ष २०७८ मा बैङ्कका कर्मचारीले ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्क जनशक्ति व्यवस्थापन विभागले सार्वजनिक गरेको बैङ्कका कर्मचारीले पाउने बिदाको सूचीमा राष्ट्रिय र क्षेत्रीय गरी ३५ दिन रहेको छ । यस्तै सरकारले अपर्झट घोषणा गर्ने सार्वजनिक बिदा पनि बैङ्कका कर्मचारीले पाउनेछन् ।
सार्वजनिक बिदाको सूची अनुसार बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले ०७८ सालको दशैँको बिदा ५ दिन र तिहारको बिदा ४ दिन पाउनेछन् । मछिन्द्रनाथ भोटो जात्रा, गाइ जात्रा, इन्द्र जात्रा घोडे जात्रा लगायतमा काठमाडौ उपत्यकाका बैङ्कका कर्मचारीले बिदा पाउनेछन् भने उभौली पर्व, गँैरापर्व, इद उल फित्र, बक्र इद, तमु ल्होसार, सोनाम ल्होसार, घ्याल्बो ल्होसार, क्रिशमस, सिरुवा पवानी पर्व लगायतमा भने सम्बन्धित समुदायका कर्मचारीले मात्र पाउनेछन् । अन्य दिन कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म र शुक्रबार साढे १ बजेसम्म र शनिवार बिदा रहनेछ ।
हेर्नुहोस सुची
















Discussion about this post