nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १३, २०८३, १२:१९ मध्यान्ह
शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

काठमाडौं/कार्तिक १३ गते। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देश छोडेर जाँदै गरेको भिडियो खिच्ने पूर्ववायुसेना अधिकृत केएम तौसिफ सौरीको मृत्यु भएको छ।

बिहीबार ढाकास्थित तुराग नदीमा उनको शव फेला परेको हो। २८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए।

हसिनाको भिडियो सार्वजनिक गरेकै कारण आफूलाई दुःख दिइएको र त्यसपछि हत्या गरिएको आरोप उनका परिवारले लगाएका छन्। अधिकारीहरूका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुनेछ। हालसम्म यो मृत्यु डुबेर आत्महत्या वा हत्या कुन कारणले भएको हो भन्ने स्पष्ट छैन्।

बंगलादेशी पत्रिका ‘द डेली स्टार’ का अनुसार ती अधिकारीको शव राजाबारी घाट नजिक फेला परेको थियो। उनले सेतो पाइन्ट र कालो सर्ट लगाएका थिए। सुरुमा प्रहरीले शवको पहिचान गर्न सकेको थिएन।

उनको खल्तीमा भेटिएको आइफोनको मद्दतले शवको पहिचान सम्भव भयो। शवको छेउमा एउटा हाते घडी पनि फेला परेको थियो। त्यसपछि शवलाई पोस्टमार्टम (शव परीक्षण) का लागि ढाकास्थित सहिद सुहरावर्दी मेडिकल कलेज अस्पताल पठाइयो।

सौरीको मृत्युपछि उनकी भदैनी मोशफेले फेसबुकमार्फत उनको हत्या गरिएको आरोप लगाइन्। बंगाली भाषामा लेखिएको उक्त पोस्टमा उनले भनिन्, “मेरो भाइको हत्या गरिएको छ। उसको अपराध के थियो ? के हसिना भाग्दै गरेको भिडियो साझा गर्नु नै उसको अपराध थियो ?” उनका अनुसार उक्त भिडियो सौरीले नभई उनका सहकर्मीले खिचेका थिए।

उनले वायुसेनाबाट अवकाश पाए पछि पनि सौरीलाई मानसिक रूपमा सताउने क्रम नरोकिएको आरोप लगाइन्। उनले जासुसहरूले आफूलाई निरन्तर पछ्याइरहेको दाबी गरिरहेका थिए। उता उनका भाइ (काकाका छोरा) का अनुसार सौरीको स्वास्थ्य राम्रो थियो र मृत्यु हुनुअघि उनलाई घरबाट बाहिर बोलाइएको थियो।

वायुसेनाबाट सौरीलाई किन हटाइयो भन्ने प्रश्नसमेत उठिरहेको छ। बंगलादेशी वेबसाइट ‘जागो न्युज’का अनुसार अन्तर-सेवा जनसम्पर्क निर्देशनालयले सन् २०२५ अगस्ट ४ मा उनको सेवाबाट बहिर्गमनबारे एक विज्ञप्ति जारी गरेको थियो। उक्त विज्ञप्तिमा सौरीलाई नियमअनुसार अवकाश दिइएको र उनीमाथि कुनै आरोप नलगाइएको उल्लेख छ।

यद्यपि, केही समाचार र सामाजिक सञ्जालका चर्चा-परिचर्चाहरूले उनको बहिर्गमनलाई हसिना देश छोडेर जाँदाको भिडियोसँग जोडिएको विवादसँग जोडेका छन्। उनका एक नातेदारले त सौरीलाई वायुसेनाबाट बाहिरिनु अघि र पछि दुवै समयमा दुर्व्यवहार गरिएको आरोपसमेत लगाएका छन्।

‘जागो न्युज’ का अनुसार उत्तरा प्रहरी चौकीका एक अधिकारी शाहिनुर जमानले बिहीबार जानकारी दिएअनुसार त्यस बेलासम्म सौरीको मृत्युका सम्बन्धमा प्रहरी चौकीमा कुनै उजुरी दर्ता भएको थिएन।

हाल पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिँदै छ। अनुसन्धानबाट सौरीको मृत्यु कसरी भयो भन्ने खुल्नेछ। हालको अवस्थामा उनको हत्या भएको पुष्टि भइसकेको छैन, न त उनको मृत्यु र हसिना देखिएको भिडियोबीच कुनै सम्बन्ध नै स्थापित भएको छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comअन्तराष्ट्रियसमाचार

Discussion about this post

Related Posts

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि