नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पक्षले बिहीबार एकै दिन तीन हजार १९१ वडामा नयाँ नेतृत्व चयन गरेको छ।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत देउवा पक्षले बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको छ। पहिलो दिन सातै प्रदेशका तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जनाएका छन्।
संयोजक पोखरेलका अनुसार, कोसीमा ५७७, मधेशमा ४०२, बागमतीमा ५६३ र गण्डकीमा ३८६ वडामा अधिवेशन भएको छ। त्यस्तै, लुम्बिनीका ५५०, कर्णालीका २५७ र सुदूरपश्चिमका ४५६ वडामा अधिवेशन भएको छ।
देशभर ६ हजार ७४३ वडा रहेका छन्। बाँकी वडामा शुक्रबार अधिवेशन हुने पोखरेलले जनाएका छन्।
देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दै छ।















Discussion about this post