nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : अवसर र चुनौतीबारे समीक्षात्मक अन्तरक्रिया’ कार्यक्रम जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १५, २०८३, ६:२४ मध्यान्ह
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : अवसर र चुनौतीबारे समीक्षात्मक अन्तरक्रिया’ कार्यक्रम जनकपुरधाममा सम्पन्न

जनकपुरधाम/असोज १५ गते। ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : अवसर र चुनौतीबारे समीक्षात्मक अन्तरक्रिया’ कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। मधेश प्रदेशमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले समीक्षात्मक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो।

मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा तथा प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) अन्तर्गत आयोजित कार्यक्रममा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सहभागिता तथा राज्यका विभिन्न तहमा समावेशी नीति कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव रहेको थिए भने कार्यक्रमको अध्यक्षता मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापाले गरेकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री कृष्णप्रसाद यादवले महिलाहरूलाई समावेशीको माध्यमबाट मात्रै नभएर आफ्नो क्षमताको आधारमा अगाडि बढेर आउनुपर्नेमा जोड दिएका छन्। आफूभित्र भएको क्षमतालाई थप सशक्त बनाएर आफ्नो क्षमता आधारमा अगाडि आउन बताएका छ्न। लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई नीति तथा कागजमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। उनले राज्यका सबै तहमा महिला तथा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आवश्यक पहल गरिने बताएका थिए।

कार्यक्रममा प्रदेशमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा भएका प्रयास, उपलब्धि, समस्या तथा आगामी कार्यदिशाबारे प्रस्तुतीकरण र छलफल गरिएको थियो। सहभागीहरूले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा GESI सम्बन्धी तथ्याङ्कको अभाव तथा त्यसको प्रभावकारी प्रयोग हुन नसक्नु, GESI Audit का परिणाम कार्यान्वयनमा कमजोरी, लैङ्गिक उत्तरदायी बजेट (GRB) विनियोजन तथा कार्यान्वयनमा देखिएका समस्या र प्रदेश तथा स्थानीय तहबीच समन्वयको कमी लगायतका विषयलाई चुनौतीका रूपमा प्रस्तुत गरिएको थियो।

त्यस्तै, महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, पीडितको संरक्षण, सेवा पहुँच विस्तार तथा महिला र बालबालिकाका लागि सुरक्षित र एकीकृत सेवा प्रवाह गर्ने संरचनाको विकासका विषयमा समेत छलफल भएको थियो।

कार्यक्रमको समापन गर्दै कार्यक्रमकी अध्यक्ष तथा श्रम तथा यातायात मन्त्री शारदा थापाले लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई राज्य सञ्चालनको महत्वपूर्ण आधारका रूपमा लिएर अघि बढ्नुपर्ने बताएकी थिइन्।

उनले कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव र चुनौतीलाई सम्बन्धित निकायले आगामी नीति तथा कार्यक्रममा समेट्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। महिला सहभागिता बढाउनुका साथै सामाजिक रूपमा पछाडि पारिएका समुदायलाई राज्यका अवसर र सेवामा समान पहुँच सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको मन्त्री थापाको भनाइ थियो।

कार्यक्रममा GESI फोकल पर्सन को क्षमता विकास, महिला निर्वाचित जनप्रतिनिधिको नेतृत्व विकास तथा तालिम, GESI अडिट, लैङ्गिक उत्तरदायी बजेट तथा महिला र बालबालिकाको संरक्षणलगायतका विषयमा आगामी दिनमा थप प्रभावकारी काम गर्ने आवश्यकता औँल्याइएको थियो।

कार्यक्रममा मधेश प्रदेशका १२ वटै मन्त्रालयका उच्च तहका महिला कर्मचारी, मधेश प्रदेशका महिला सांसद, पत्रकार, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रीय गैरसरकारी संस्था तथा सामाजिक क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो।

समग्रमा कार्यक्रमले मधेश प्रदेशमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा भएका प्रगति, विद्यमान चुनौती र आगामी दिनमा गर्नुपर्ने कामबारे प्रदेश सरकार, महिला सांसद, कर्मचारी, सञ्चारकर्मी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूबीच साझा छलफलको अवसर प्रदान गरेको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

मधेश प्रदेश भलिबल संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

मधेश प्रदेश भलिबल संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि