धनुषा/असोज १५ गते । औरही गाउँपालिका–१, झिटकहियामा वडादशैंको अवसरमा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
झिटकहिया युवा संगठनको आयोजनामा यही असोज २४ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण टिम तथा खेलाडीहरूलाई समयमै आफ्नो टिम दर्ता गराउन आयोजकले अनुरोध गरेको छ।
युवाहरूमा खेलकुदप्रतिको रुचि र सहभागिता बढाउने तथा आपसी भाइचारा र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा खेलाडीहरूलाई समयमै टिम दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेको छ।
‘हाम्रो खेल, हाम्रो सहभागिता’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
















Discussion about this post