nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज १२, २०८३, ७:०८ मध्यान्ह
राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं/असोज १२ गते। राष्ट्रियसभाका सदस्यहरुले सदनप्रतिको जवाफदेहिता तथा संवैधानिक आयोग थप सशक्तिकरणका विषयमा सरकारको ध्यानार्कषण गराएका छन् ।

सभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषय, बाढीपहिरोबाट भएको क्षति, चाडपर्वमा बजार अनुगमनलगायतका विषयमा सभाअध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्तीदेवी राईले चार दिनको लगातारको वर्षाले देशका विभिन्न स्थानमा पारेको प्रभावबारे सरकारको ध्यानाकर्षण गराउँदै क्षतिग्रस्त तथा अवरुद्ध राष्ट्रिय राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गरिन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले नजिकिँदै गरेको चाडपर्वमा खाद्यान्न, नुन, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तथा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन बढाउन माग गरे ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनारले मन्त्रीहरु सदनमा आउन गाह्रो मान्ने गरेको टिप्पणी गर्दै सरकार सदनप्रति जवाफदेही हुनुपर्ने धारणा राखे । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा आपत्ति जनाए ।

नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको विषयमा आपत्ति जनाउँदै विधिको शासनलाई सर्वोपरि मानेर सरकार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । नेकपा (एमाले) का सांसद मीना सिंह रखालले विपद्को पूर्वसूचना प्राप्त भएपछि नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा उद्धारका लागि पूर्वतयारीमा जोड दिइन् । उनले बाढीपहिरोबाट सडक, घर तथा पुलमा क्षति पुगेको उल्लेख गर्दै आगलागीका घटनामा प्रभावितलाई राहतको व्यवस्था गर्न माग गरिन् ।

नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट प्रभावितलाई राहत उपलब्ध गराउन माग गरे । उनले बेपत्ताको खोजी, घाइतेको शीघ्र उपचार तथा विस्थापित परिवारलाई पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।

यस्तै जनता समाजवादी पार्टी, नेपालका सांसद मोहम्मद खालिदले संवैधानिक आयोगलाई थप सशक्त बनाउन माग गरे । उनले रिक्त पदमा पदाधिकारी नियुक्तिको प्रक्रिया अविलम्ब अघि बढाउन, आयोगलाई पर्याप्त बजेट उपलब्ध गराउन तथा आयोग गाभ्ने वा खारेज नगर्न सरकारको ध्यानाकर्षण गराए । संवैधानिक आयोगका सिफारिस अनिवार्य कार्यान्वयनका लागि समेत उनले आग्रह गरे ।

आजकै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिन् ।

राष्ट्रियसभाको अर्को बैठक यही असोज १५ गते बिहीबार अपराह्न १ः१५ बजे बस्नेछ ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

आमाको दूधलाई प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

‘पेन्सन पट्टा’ को कमाई सात करोड नाघ्यो, कुन चलचित्रले कति कमाए ?

‘पेन्सन पट्टा’ को कमाई सात करोड नाघ्यो, कुन चलचित्रले कति कमाए ?

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

रौतहटमा सालको काठसहित एक जना पक्राउ

रौतहटमा सालको काठसहित एक जना पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि