काठमाडौ/असोज ११ गते । अविरल वर्षापछि पहिरो खस्दा घरले थिचेर धनुषामा एकजनाको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका–११ आँपगाछीस्थित राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरो खस्दा पुरिएको छ ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर तथा मातहत र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट संयुक्त प्रहरी टोली घटनास्थलमा खटिई घरमा रहेका पाँचमध्ये चार जनाको सकुशल उद्धार गरेको छ ।
आइतबारबिहान ११ बजे राजन श्रेष्ठकी श्रीमती अन्दाजी ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि सरकारी अस्पताल बर्दिबास पठाइएको छ ।















Discussion about this post