काठमाडौं/भदौ ६ गते। भारतमा चिनीको मूल्यमा भारी मूल्यवृद्धि भएको छ ।
चाडपर्वको मुखैमा भएको तीव्र मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगिने भएको हो । मूल्यवृद्धिसँगै चाडपर्वमा चिनीको अभाव हुनसक्ने देखिएको हो ।
पछिल्ला दिनहरमा चिनीको मूल्यमा निरन्तर वृद्धि भइरहेको हो । बजारमा चिनीको मूल्य प्रतिकिलो ७० भारतीय रुपैयाँसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो १५ दिनमा चिनी खुद्रा मूल्यमा प्रतिकिलो २० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिको यो असर सर्वसाधारणको भान्सादेखि लिएर चिया, दूध, मिठाई, जुस र चकलेट उद्योगसम्म व्यापक रूपमा परेको छ ।
बजारमा चिनीको मूल्यमा भइरहेको तीव्र वृद्धिलाई रोक्न र आपूर्ति बढाउन केन्द्र सरकारले चिनीमा लाग्ने आयात महसुल नलाग्ने गरी १० लाख मेट्रिक टन कच्चा चिनी आयातको अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतले ठूलो परिमाणमा चिनी आयात गर्न लागेको यो पछिल्लो १० वर्षयता पहिलोपटक हो ।















Discussion about this post