nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

म्यानमारले ३ लाख रोहिंग्याहरूलाई स्वदेश फर्किन दिने

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३१, २०८३, १२:५१ मध्यान्ह
म्यानमारले ३ लाख रोहिंग्याहरूलाई स्वदेश फर्किन दिने

नेपिडो/साउन ३१ गते। म्यानमारको सेना समर्थित सरकारले बंगलादेशबाट रोहिङ्ग्या मुस्लिमहरूको स्वदेश फिर्ती सम्बन्धी एक महत्त्वपूर्ण निर्णय गरेको छ।

म्यानमार सरकारले शनिबार घोषणा गरे अनुसार हाल बंगलादेशका शिविरहरूमा बसिरहेका ३ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीहरूलाई स्वदेश फर्काइने  भएको छ।

म्यानमारको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार यी शरणार्थीहरू पश्चिमी राखाइन राज्यका बासिन्दा हुन् र सुरक्षा अवस्थामा सुधार आए पछि उनीहरूको फिर्तीलाई स्वीकृति दिइनेछ।

विदेश मन्त्रालयको यो भनाइ यस्तो समयमा आएको छ जब रोहिङ्ग्या शरणार्थी संकट नवौं वर्षमा प्रवेश गर्दैछ। सन् २०१७ को अगस्टमा राखाइनस्थित सुरक्षा चौकीहरूमा रोहिङ्ग्या विद्रोही समूहले गरेको आक्रमण पछि भएको सैन्य कारबाहीका कारण यी मानिसहरू बंगलादेशका शिविरहरूमा बस्दै आएका छन्। उनीहरू बंगलादेशको कक्स बजारमा अमानवीय अवस्थामा बस्न बाध्य छन्।

समाचार अनुसार म्यानमारले जनाए अनुसार बंगलादेशले उपलब्ध गराएको ८ लाख २८ हजार ८२४ जना शरणार्थीको सूचीमध्ये उसले जुलाई महिनासम्म ४ लाख २६ हजार ५४५ जनाको पहिचान प्रमाणीकरण गरेको छ र तीमध्ये ३ लाख ८ हजार ७९७ जना यस अघि राखाइनमा बसोबास गर्थे भन्ने तथ्य फेला पारेको छ। साथै, १ लाख १३ हजार ५०७ जनाको पहिचान प्रमाणीकरण हुन सकेन भने ४ हजार २४१ जना मन्त्रालयले ‘आतंकवादी गतिविधि’ भनेर परिभाषित गरेका कार्यहरूमा संलग्न रहेको पाइयो।

विज्ञप्तिमा भनिए अनुसार राखाइनको सुरक्षा अवस्थामा सुधार आउना साथ उनीहरूले प्रमाणीकरण गरिएका पूर्व बासिन्दाहरूलाई स्वदेश फर्काउन बंगलादेशसँगको सहकार्य जारी राख्ने छन्। मन्त्रालयले राखाइनबाट १० लाख मानिस विस्थापित भएको दाबीलाई पनि अस्वीकार गरेको छ। मन्त्रालयका अनुसार सन् २०१७ को हिंसापछि ५ लाख ४० हजार मानिस बंगलादेश गएका थिए भने २ लाख मानिस उत्तरी राखाइन मै रहेका थिए।

म्यानमार र बंगलादेशले सन् २०१८ मा दुई वर्षे स्वदेश फिर्ती प्रक्रियाका लागि सहमति जनाएका थिए। तर, सन् २०२१ मा सेनाले सत्ता कब्जा गरी आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरे पछि म्यानमारको सुरक्षा अवस्था बिग्रिन पुग्यो। यसले व्यापक सशस्त्र प्रतिरोधलाई निम्त्यायो। गृहयुद्धका कारण रोहिङ्ग्या शरणार्थीहरूको स्वदेश फिर्ती सम्बन्धी योजनाहरू सफल हुन सकेनन्।

सन् २०२३ मा उक्त क्षेत्रमा नियन्त्रण कायम गर्ने विषयलाई लिएर सेना र राखिन आधारित जातीय समूह ‘आराकान आर्मी’ बीचको द्वन्द्वले पुनः एकपटक चरम अस्तव्यस्तता निम्त्यायो। यसले गर्दा अझ धेरै शरणार्थीहरू आफ्नो ज्यान बचाउन बंगलादेश तथा अन्य स्थानहरूमा भाग्न बाध्य भए। हालैका वर्षहरूमा आराकान आर्मीले सेनाबाट उक्त भूभाग आफ्नो नियन्त्रणमा लिँदै राखिनका ठूला क्षेत्रहरूमा पकड जमाएको छ।

सन् २०१७ मा म्यानमारमा भएको हिंसा र सैन्य दमन पछि करिब ७ लाख रोहिंग्याहरू सीमा पार गरेर छिमेकी मुलुक बंगलादेश पुगे। उनीहरू त्यहाँ पहिले देखि नै बसोबास गरिरहेका रोहिंज्याहरूसँग मिसिए । ती पहिलेका रोहिंग्याहरू पनि म्यानमारको सेनाद्वारा गरिएको हिंसाबाट भागेर त्यहाँ पुगेका थिए।

म्यानमारले रोहिंग्यालाई देशका १३५ आधिकारिक रूपमा मान्यता प्राप्त जातीय अल्पसंख्यक समूहमध्ये एकका रूपमा स्वीकार गर्दैन। बरु, यसले उनीहरूलाई ‘बंगाली’ भनी सम्बोधन गर्छन, जसको अर्थ उनीहरू बंगलादेशका मूल बासिन्दा हुन् र म्यानमारमा गैरकानुनी रूपमा बसोबास गरिरहेका छन् भन्ने बुझिन्छ।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि