मुम्बई/साउन ३० गते। बलिउड अभिनेता अजय देवगन अब होस्टको रूपमा देखिने भएका छन् ।
भारतीय टेलिभिजनको लोकप्रिय अपराधसम्बन्धी कार्यक्रम ‘क्राइम पेट्रोल’मा उनी ‘होस्ट’ को रूपमा देखिन लागेका हुन् ।
उनले यस कार्यक्रमका लामो समय देखिका प्रस्तोता अनुप सोनीलाई रिप्लेस गर्दै सो स्थान लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोसँगै अजय देवगनले आफ्नो इन्स्टाग्राममार्फत आफुले होस्ट गर्न लागेको नयाँ कार्यक्रमको एउटा ‘टिजर’ पनि सार्वजनिक गरेका छन् ।
जसमा उनले भनेका छन्, ‘बाल्यकालमा हामीलाई अपरिचित व्यक्तिहरूबाट टाढा रहन र राति घरमा ताल्चा लगाउन सिकाइन्छ तर अहिले जे भइरहेको छ, र यस्ता धेरै घटनाहरू छन्, त्यसमा अपराधी कुनै बाहिरी व्यक्ति नभई हाम्रै नजिकको कोही व्यक्ति हुने गरेको छ।’
प्राप्त जानकारी अनुसार अजय देवगनले यस कार्यक्रमका १५ वटा एपिसोडहरूको छायाङ्कन गरिसकेका छन्, अब ३१ अगस्त देखी साेनी टेलिभिजनको पर्दामा देखिने छन् ।















Discussion about this post