nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ७, २०८३, २:४० मध्यान्ह
आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

मुकेश कुमार यादव/सिरहा/साउन ७ गते। आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ नगद घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका छन्। अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले आज कार्यालय परिसरमै उनलाई नियन्त्रणमा लिएको हो।

गोलबजार नगरपालिका ६ स्थितको सिरहा सुपर मार्केट प्रालि (एबिमल) को आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फूल अडिट) गर्ने नाममा कर अधिकृत पालले ५ लाख रुपैयाँ अतिरिक्त रकम मागेको श्रोतको दाबि छ। घुस नदिए अडिट प्रक्रिया अगाडि नबढाइने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात समेत मागिएको थियो।

अडिटका क्रममा कार्यालयले कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँसम्म कर दायित्व देखाएको थियो। कम्पनीले थप कागजात पेस गरेपछि उक्त दायित्व अझै ३० देखि ३५ लाख रुपैयाँसम्म बढ्न सक्ने जानकारी दिइएको पिडितले जनाएको छ।

यही अवस्थालाई आधार बनाएर कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सम्पूर्ण समस्या मिलाइदिने प्रस्ताव राखेको आरोप छ। कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति गराउने प्रयास गरिएको बताइएको छ।

घुस बुझ्ने योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसोदेखि प्रतिक्षामा राखिएको थियो। साँझ करिब ६:५६ बजे पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिएका थिए। त्यसपछि पुनः सम्पर्क गर्दै रकम भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा बुझाउन निर्देशन दिँदै एक बिचौलियाको नम्बर उपलब्ध गराएका थिए।

बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन आग्रह गरेपछि अन्ततः पालले रकम कार्यालयमै ल्याउन भनेका थिए। कार्यालयमै ५ लाख रुपैयाँ घुस बुझ्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पाललाई घुससहित पक्राउ गरिएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

घटनाले करकार्यालय भित्रको पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता रहेको/नरहेको विषयमा समेत अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ।

 

 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि