काठमाडौँ,माघ २७ गते।सरकारले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री दावा तामाङले जानकारी दिए ।
तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको सार्वजनिक विदा ३ वर्षअघि कटौती गरिएको थियो ।यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा विदा दिइँदै आएको थियो । सोनाम ल्होछार यही माघ ३० गते परेको छ ।














Discussion about this post