काठमाडौं/असार १४ गते। फिफा विश्वकप २०२६ को समुह चरणको खेलवाट १६ टोली बाहिरिएका छन् । सबैभन्दा आश्चर्य दुई दुई पटक बिश्वबिजेता रहेको उरूग्वे पनि समुह चरणबाट बाहिरिएको छ ।
यस विश्वकपमा रहेका १२ वटा समूहले आफ्नो खेल सकाएर समूह चरण पूरा गरेपछि १६ टोली २०२६ को विश्वकपबाट बाहिरिएका हुन् । यस समूह चरणको खेलको दौरान धेरै अविस्मरणीय नतिजाहरू आएका थिए, सबैभन्दा आश्चर्यजनक मानिने नतिजा अनुसार पहिलो पटक विश्वकप खेल्न आएको केप भर्डेको ले विश्वकप बिजेता रहिसकेको स्पेनसँगको बराबरी खेले पछि विश्व फुटवल तरंगित हुन पुगेको थियो ।
त्यसो त इक्वेडरविरुद्ध पहिलो पटक विश्वकप खेल्न आएको कुराकाओको अंक समावेश पनि आश्चर्यजनक रूपमा नै हेरिएको छ । यद्दपी, कुराकाओ जर्मनीसँग ६ गोलले पराजित भए पनि उसले प्रतियोगिताको चर्चित टोली टोलीमध्ये इक्वेडरसँग एक गोल गर्नु उसको राष्ट्रको लागि ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ।
ती आश्चर्यहरूको बावजुद धेरै अप्रत्याशित बहिर्गमनहरू थिएनन् किनभने ८ वटा टोली तीन अंक भन्दा कम हुदाँ पनि आश्चर्यजनक नतिजा निकाल्दै नकआउट चरणमा पुग्न सफल भएका थिए । उरुग्वेको बहिर्गमन समूह चरणको सबैभन्दा ठूलो आश्चर्यको रूपमा हेरिएको छ ।
हाइटी, टयुनिसिया, इराक, जाेर्डन, उज्वेकिस्तान र पनामा ० अंकसहित बाहिरिनु परेकाे थियाे । ३-३ अंक ल्याएका टर्की, दक्षिण काेरिया र स्कटल्याण्ड अंक भारका कारण बाहिरिनु परेकाे हाे ।
जो फिफा विश्वकप २०२६ वाट बाहिरिएः
समूह एः दक्षिण कोरिया (३ अंक) र चेकिया अर्थात चेकाेस्लाेभिया (१ अंक)
समूह बीः कतार (१ अंक)
समूह सीः स्कटल्याण्ड (३ अंक) र हाइटी (० अंक)
समूह डीः टर्कि (३ अंक)
समूह ईः कुराकाओ (१ अंक)
समूह एफः ट्युनिसिया (० अंक)
समूह जीः इरान (२ अंक) र न्युजिल्याण्ड (१ अंक)
समूह एचः उरुग्वे (२ अंक) र साउदी अरेबिया (२ अंक)
समूह आईः इराक (० अंक)
समूह जेः जोर्डन (० अंक)
समूह केः उज्बेकिस्तान (० अंक)
समूह एलः पानामा (० अंक)





















Discussion about this post