धनुषा/असार ७ गते। जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । पार्टीको जिल्ला समिति धनुषाका अनुसार असार ९ गते मंगलबार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित रौनियार धर्मशालामा भेला आयोजना गरिनेछ ।
भेलामा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, पालिका तथा वडा समितिका पदाधिकारी तथा सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ । यसैगरी, पार्टीका विभिन्न तहका भ्रातृ संगठनका पदाधिकारी तथा सदस्यहरू तथा धनुषा जिल्लाभित्रका निर्वाचित जनप्रतिनिधिहरूलाई समेत अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ ।
जिल्ला समितिले जारी गरेको सूचनाअनुसार संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम तथा पार्टीका गतिविधिबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो । पार्टीले सम्बन्धित सबै नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ । जसपा नेपालले मधेशको अधिकार, पहिचान, सुशासन तथा समृद्धिको एजेन्डालाई थप सशक्त बनाउन यस्ता संगठनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।





















Discussion about this post