धनुषा, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट बिनियोजनको घोषणा गरेको छ । मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ६ अर्ब रुपैयाँ कम गरेर नयाँ बजेट घोषणा गरेका हुन् ।
अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५.५३ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६४.३६ प्रतिशत बजेट बिनियोजन गरिएको जानकारी दिएका छन ।
प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री भट्टराईले बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्व तथा विविध आयबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ भने संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
बजेटकाे पुर्ण पाठका लागि यहाँ क्लिक गर्नुहाेस्





















Discussion about this post