nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सडकमै धान रोप्न बाध्य जनताः असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ३०, २०८३, ६:१६ मध्यान्ह
सडकमै धान रोप्न बाध्य जनताः असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !

तेजन खड्का/मोरङ/३० जेठ । दमक–९ र १० को सिमाना क्षेत्रमा स्थानीयवासीले सडकमै धान रोपेको समाचार आएको छ । सडकमै धान रोपेको दृश्य   समाचार मात्र होइन , यो नेपालको राजनीतिक नेतृत्वमाथि लागेको जिउँदो अभियोगपत्र हो। यो तस्बिरले विकासका नाममा दशकौँदेखि जनतालाई सुनाइँदै आएका भाषण, आश्वासन र सपनाको वास्तविक अनुहार देखाइदिएको छ।

सडकमा धान रोप्नु किसानको रहर होइन, राज्यप्रतिको निराशाको अन्तिम अभिव्यक्ति हो। जब नागरिकले बाटोलाई खेत बनाएर विरोध गर्नुपर्छ, तब त्यो क्षेत्रमा  सडक मात्र  बिग्रिएको हुँदैन, शासन प्रणाली नै असफल भएको हुन्छ।

दमक कुनै विकट हिमाली बस्ती होइन, जहाँ विकास पुग्न कठिन होस्। यो त त्यही ठाउँ हो जसलाई वर्षौँसम्म राष्ट्रिय राजनीतिको केन्द्रका रूपमा प्रस्तुत गरियो। यही भूमिबाट देश हाँक्ने नेता जन्मिए, प्रधानमन्त्री बने, ठूला–ठूला सपना बाँडे। तर आज त्यही क्षेत्रका नागरिक सडकमा धान रोपेर सरकार खोजिरहेका छन्।

यसले एउटा कठोर प्रश्न सोधिरहेको छ, यदि नेताहरूले आफ्नै घरआँगनको सडक बनाउन सकेनन् भने देश बनाउने दाबी कुन नैतिकताले गरिरहेका छन् ।

वर्षौँदेखि नेपाली जनतालाई विकासका सपना बेचिएको छ। चुनावअघि सडक कालोपत्रे हुने, अस्पताल बन्ने, रोजगारी आउने, शहर स्मार्ट बन्ने भाषण गरिन्छ। चुनाव सकिएपछि ती सबै प्रतिबद्धता पोस्टर झैँ च्यातिन्छन्। नेताहरू राजधानी फर्किन्छन्, जनता फेरि हिलोमा फर्किन्छन्।

दमकको सडकमा रोपिएको धान वास्तवमा सरकारको असफलतामा रोपिएको व्यंग्य हो।
जनप्रतिनिधिहरूले जनताको मतलाई जिम्मेवारी होइन, लाइसेन्स ठानेका छन्। चुनाव जितेपछि पाँच वर्षसम्म जनताको समस्या सुन्नु आफ्नो कर्तव्य नभएजस्तो व्यवहार गर्ने प्रवृत्ति बढेको छ।

नागरिकले सडक माग्दा प्रक्रिया देखाइन्छ, अस्पताल माग्दा बजेटको बहाना सुनाइन्छ, विकास माग्दा फाइल घुमाइन्छ।
तर कर उठाउने बेला सरकारलाई कुनै प्रक्रिया चाहिँदैन। कर तिर्न ढिला गरे जरिवाना हुन्छ, सेवा दिन ढिला गरे कसैलाई कारबाही हुँदैन। यही दोहोरो चरित्रले जनतामा आक्रोश बढाएको हो।
अझ विडम्बना के छ भने, पुराना दलप्रति जनताको विश्वास घटेपछि नयाँ शक्ति र नयाँ अनुहारप्रति आशा जाग्यो। जनताले सोचे(अब केही फरक होला। तर आज प्रश्न उठ्न थालेको छ, फरक के भयोरु
अनुहार फेरिए, भाषण फेरियो, नाराहरू फेरिए। तर जनताको दुःख फेरिएन। सडक उही हिलो, अस्पताल उही अस्तव्यस्त, प्रशासन उही सुस्त र विकास उही कागजमै सीमित।

राजनीतिमा नयाँ र पुरानोको बहस धेरै भयो। तर नागरिकको नजरमा अब एउटा मात्र प्रश्न बाँकी छ- काम कसले गर्छ ?

दमकको घटनाले यही वास्तविकता उजागर गरेको छ। जनतालाई अब भाषण होइन, परिणाम चाहिएको छ। उनीहरूलाई फेसबुक पोस्ट, टिकटक भिडियो र मञ्चका चर्का नारा होइन, घरअगाडिको सडक चाहिएको छ। बिकासका पुर्वधार चाहिएको छ ।

आज राजनीतिक दलहरू एकअर्कालाई दोष दिन व्यस्त छन्। संघले प्रदेशलाई दोष दिन्छ, प्रदेशले स्थानीय तहलाई दोष दिन्छ, स्थानीय तहले बजेटलाई दोष दिन्छ। तर नागरिकले कसलाई दोष दिनेरु

जनताको दृष्टिमा सबै जिम्मेवार छन्। किनकि चुनावका बेला भोट माग्न सबै आउँछन्, समस्या समाधान गर्न कोही आउँदैन।

“जुनै जोगी आए पनि कानै चिरेको” भन्ने उखान अहिलेको नेपाली राजनीतिको सबैभन्दा यथार्थ व्याख्या बनेको छ। किनभने सरकार फेरियो, गठबन्धन फेरियो, नेता फेरिए, पार्टी फेरिए, तर जनताको जीवनमा देखिने परिवर्तन आएन। हो आउदै आएन ।

देशमा राजनीतिक परिवर्तनको इतिहास लामो छ। व्यवस्था बदलियो, संविधान बदलियो, नारा बदलियो। तर एउटा नागरिकले वर्षायाममा हिलो नटेकी घरबाट बजारसम्म हिँड्न सक्ने अवस्था अझै सुनिश्चित हुन सकेको छैन भने त्यो परिवर्तनको अर्थ के रह्यो ?

दमकका नागरिकले धान रोपेर वास्तवमा सम्पूर्ण राजनीतिक वर्गलाई ऐना देखाएका छन्। त्यो ऐनामा जनताको अनुहार होइन, नेताहरूको असफलता देखिन्छ।

राजनीतिक नेतृत्वले अब बुझ्नुपर्छ,जनताको सहनशीलता कमजोरी होइन। वर्षौँसम्म धैर्य गरेर बसेका नागरिक जब सडकमा उत्रिन्छन्, त्यसको अर्थ उनीहरू आशा गुमाउन थालेका छन्। र जब जनताले आशा गुमाउँछन्, तब कुनै पनि राजनीतिक शक्ति सुरक्षित रहँदैन।

यदि देशका सबैभन्दा चर्चित राजनीतिक क्षेत्रमध्ये एकमा यस्तो अवस्था छ भने दुर्गम गाउँको अवस्था कस्तो होलारु जहाँ न नेता पुग्छन्, न क्यामेरा पुग्छ, न बजेट पुग्छ। दमकको सडक वास्तवमा एउटा प्रतीक हो, यो नेपालको विकास मोडेलको असफलताको प्रतीक हो।

आज सडकमै रोपिएको धानले सरकारलाई प्रश्न गरिरहेको छ— कति वर्ष अझै नागरिकले हिलोमा डुब्नुपर्नेरु कति चुनाव अझै झुटा आश्वासनमै बित्नेरु कति पटक जनताले विकास माग्न सडकमा उत्रिनुपर्ने ?

यदि यसको उत्तर अझै भाषणमै सीमित रह्यो भने भोलि जनताले सडकमा मात्र धान रोप्ने छैनन्, उनीहरूले पुरानो राजनीतिक संस्कारलाई नै उखेलेर फाल्नेछन्। किनकि भोकले थिचिएको नागरिकलाई सपना खुवाएर धेरै समय टिक्न सकिँदैन।

दमकको सडकमै रोपिएको धानले एउटा कठोर सन्देश दिएको छ,जनता अब आश्वासनको खेती होइन, परिणामको फसल चाहन्छन्। र यदि त्यो फसल दिन राजनीतिक नेतृत्व असफल हुन्छ भने इतिहासले उनीहरूलाई विकासका नायक होइन, अवसरका व्यापारीका रूपमा सम्झिनेछ।
 

Tags: कोशी प्रदेश

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!