nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुख्खा यामसँगै मधेशमा खानेपानी संकटको खतरा, भूमिगत जल संरक्षणमा तीन तहबीच समन्वय अपरिहार्य

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र १३, २०८२, ११:५६ बिहान
सुख्खा यामसँगै मधेशमा खानेपानी संकटको खतरा, भूमिगत जल संरक्षणमा तीन तहबीच समन्वय अपरिहार्य

धनुषा/चैत १३ गते। सुख्खा मौसम सुरु भएसँगै मधेश प्रदेशमा सम्भावित खानेपानी संकटप्रति विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले भूमिगत जलको संरक्षण र प्रभावकारी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच सशक्त समन्वय आवश्यक रहेको औँल्याएका छन् ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, मधेश प्रदेशको आयोजनामा तथा वाटर एड र युनिसेफलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहकार्यमा जनकपुरधाममा सम्पन्न १४औँ राष्ट्रिय भूमिगत जल सम्मेलनमा सहभागी विज्ञहरूले यस्तो धारणा राखेका हुन् ।
विज्ञहरूका अनुसार मधेश प्रदेशमा करिब ८ अर्ब घनमिटर भूमिगत पानीको सम्भावना रहे पनि यसको पुनर्भरणतर्फ पर्याप्त ध्यान नदिँदा आगामी दिनमा संकट झन् गहिरिने जोखिम देखिएको छ । उनीहरूले वर्षा तथा नदीको पानीलाई संरक्षण गर्न चुरे क्षेत्रदेखि नै साना बाँध, पोखरी र जलाशय निर्माणमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहाले पछिल्ला वर्षहरूमा सुख्खा याममा दोहोरिँदै आएको खानेपानी समस्याको समाधानका लागि अधुरा योजनाहरू समयमै सम्पन्न गर्नु अपरिहार्य रहेको बताए । उनका अनुसार प्रदेशभर साना–ठूला गरी करिब ४४८ वटा खानेपानी आयोजना अझै अधुरै अवस्थामा छन्। ती योजनाहरू न्यून लगानीमै सञ्चालनमा ल्याउन सकिने भएकाले स्वामित्वसम्बन्धी विवाद समाधान गर्नुपर्ने आवश्यकता औँल्याए ।

पूर्वमन्त्री तथा वातावरणविद् गणेश साहले मधेशमा भविष्यमा पानीको संकट अझ गम्भीर बन्न सक्ने चेतावनी दिँदै पोखरी तथा जलाशयलाई ‘सौन्दर्यीकरण’का नाममा पक्की संरचनामा रूपान्तरण गर्ने प्रवृत्ति रोक्न आग्रह गरे । उनले प्राकृतिक स्वरूप जोगाउँदै पानी र माटोबीचको सम्बन्ध कायम राख्नु दिगो समाधानको आधार हुने बताए ।

त्यसैगरी, नीति तथा योजना आयोग, मधेश प्रदेशका उपाध्यक्ष राजकुमार सिंहले १ सयदेखि २ सय फिट गहिराइका चापाकलहरू सुक्दै गएको तर ४५० देखि ६०० फिटसम्म अझै पानी उपलब्ध रहेको जानकारी दिए । उनले दीर्घकालीन समाधानका लागि स्रोत संरक्षण र पुनर्भरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारी तथा जलस्रोत क्षेत्रका विज्ञहरूले भूमिगत जलको सतह वृद्धि तथा दिगो उपयोगका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!