nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २८, २०८३, ९:५८ मध्यान्ह
सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

काठमाडौँ/असोज २८ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै सार्वजनिक भएको एक अडियो प्रकरणलाई लिएर पुनः कडा रूपमा आफ्नो प्रस्टीकरण दिएका छन्।

आफूमाथि उठेका प्रश्नहरूको सामना गर्न र निष्पक्ष छानबिनका लागि तयार रहेको बताउँदै उनले यस विषयमा पार्टी, शुभचिन्तक वा मतदाताहरूले शिर झुकाउनु नपर्ने बताएका छन्।

सांसद सुनारले आफूमाथि उठेका प्रत्येक आरोपको सत्यतथ्य छानबिन गर्न राज्यका सबै निकायलाई आग्रह गरेका छन्। उनले स्पष्ट पार्दै भनेका छन्, “ममाथि उठेको प्रश्न हो, यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन। ममाथि निर्मम छानबिन गरियोस्। आवश्यक परे प्रतिनिधि सभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गरियोस्। म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी र सरकार सती जान पर्दैन।”

छानबिन र सत्यतथ्यको माग

आफू राज्यका सबै निकायले गर्ने छानबिनमा पूर्ण रूपमा सहयोग गर्न तयार रहेको उनले बताएका छन्। आफूमाथि लगाइएका आरोपहरू प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार रहेको उनको भनाइ छ।

महिलामाथिको दुर्व्यवहारप्रति आपत्ति

अडियो प्रकरणका सन्दर्भमा राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील एक निर्दोष महिलालाई अनावश्यक रूपमा मिडिया ट्रायल गरिएको, अतिरञ्जित प्रचार गरिएको र तस्बिर तथा अडियो जोडेर गरिएको टिप्पणीप्रति उनले कडा आपत्ति जनाएका छन्। काल्पनिक कुराको आधारमा एक महिलालाई यसरी लखेट्नु र राज्यका जिम्मेवार निकायबाट दबाब तथा धम्कीपूर्ण वातावरण सिर्जना गरिनु आपत्तिजनक भएको उनको भनाइ छ।

आफूले कुनै गल्ती गरेको भए कानुन बमोजिम अनुसन्धान गरी सजाय भोग्न तयार रहेको दोहोर्‍याउँदै उनले निष्कर्षमा भनेका छन्, “जे कारबाही हो ममाथि होस्, मलाई स्वीकार छ। तर, ती महिलामाथि प्रहरी, राज्य, समाज र मिडियाले गरिएको दुर्व्यवहार मान्य छैन, त्यो गलत छ।”

उनले साँझ फेसबुकमा लेखेका छन्ः

प्रश्न म माथि उठेको प्रश्न हो । यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन । म माथि निर्मम छानबिन गरियोस् । आवश्यक परे प्रतिनिधि सभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस् ।

म र मैले कुनै पनि कुकर्म गरेको खण्डमा पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु । म माथि गरिएको भनिएको पाप, अपराध के हो ? प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु ।

तर राजनीतिक, सामाजिक रूपमा काम गरिरहेकी एक निर्दोष महिलामाथि जुन ढङ्गबाट मिडिया ट्राइल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडिओ जोडी टीकाटिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन । आरोपमा भनिएको छ मैले दुःख दिए । हिजो एक जना व्यक्तिले जिन्दगीको कुनै बिन्दुमा दुःख दिएको थियो रे भन्ने काल्पनिक बुझाइमा एक महिलालाई यसरी लखेट्नु कति सान्दर्भिक हो ? मबाट कुनै बदमासी भएको भए उहाँलाई गोप्य राखी ममाथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषयलाई राज्यको जिम्मेवार निकायबाट यसरी किन लखेटियो ?

समाचार प्रकाशित गर्ने मिडियालाई सम्बन्धित मान्छेले यस्ता गलत समाचार नलेख्नु, यो गलत हो भन्दाभन्दै किन लखेटियो ? प्रहरीको हेडक्वार्टर, सीअाइबीले बारम्बार भेट्न बोलाएको, मुद्दा हाल्न भनेको तर अन्याय भएको भए म आफैँ मुद्दा हाल्थे, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफ पछि अब तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौ भन्ने धम्की दिएर फोन काटेको केही दिनमा यो सबै घटनाक्रम भएको हो ।

खैर केही छैन । मैले कुनै विषयमा प्रश्न गरे, मुद्दा उठाए भन्दैमा ममाथि प्रश्न गर्नै नपाइने भन्ने होइन । प्रश्न उठेको छ । समाचार आएको छ । त्यसैले एक जिम्मेवार नागरिकको हैसियतले म माथिका प्रत्येक आरोपको सत्यतथ्य छानबिन होस् । तर, उहाँ महिलामाथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दुर्व्यवहार आपत्तिजनक छ । जे कारबाही हो ममाथि होस्, मलाई स्वीकार छ । उहाँ माथिको आक्रमण मान्य छैन । त्यो गलत छ ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comराजनीति समाचारराष्ट्रिय खबरसमाचार

Discussion about this post

Related Posts

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

सलमान खानलाई करण जोहरको प्रश्नः ‘के तपाईं अझै पनि भर्जिन हुनुहुन्छ ?

सलमान खानलाई करण जोहरको प्रश्नः ‘के तपाईं अझै पनि भर्जिन हुनुहुन्छ ?

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि