धनुषा/फागुन २४ गते। धनुषा क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राम बिनोद यादव निर्वाचित भएका छन्।
उनले ४१ हजार ६३७ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार दिनेश प्रसाद परसैला यादवले १० हजार १९८ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले १० हजार १५३ मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र झाले ८ हजार ४०३ र जनता समाजवादी पार्टी (जसपा) नेपालका पशुपति यादवले ३ हजार ८३० मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा १ लाख ३७ हजार मतदाता रहेकोमा ८४ हजार २६३ मत खसेका थिए।














Discussion about this post