धनुषा/फागुन १९ गते । जनकपुरधामको जिरोमाइलमा अवस्थित स्वस्तिक हेल्थ केयर हस्पिटलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ब्लड बैंक जनकपुरधामको समन्वयमा सम्पन्न गरिएको हो।
आयोजित रक्तदान कार्यक्रममा अस्पतालका म्यानेजर कोमल साह, डा. दिलिप यादव, सुनिल शर्मा, सरोज साह, डा. मनोज प्रसाद गुप्ता लगायत २६ जनाले रक्तदान गरेका छन्।
रक्तदान जस्तो मानवीय कार्यले आपतकालीन अवस्थामा रहेका बिरामीहरूलाई जीवनदान दिन महत्वपूर्ण भूमिका खेल्ने भन्दै अस्पताल प्रशासनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा सहभागीहरूले रक्तदानले कसैको जीवन बचाउन सक्ने भएकाले सबैलाई नियमित रूपमा रक्तदान गर्न आग्रह समेत गरेका थिए।














Discussion about this post