धनुषा/फागुन ६ गते। माघ ६ गते नेपाली कांग्रेसको प्रतिज्ञा सभा जनकपुरधामस्थित तिरहुतिया गाछिमा चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा-३ का उम्मेदवार मनिष झाको कार्यक्रम नगराईन चोकमा देखिएको छ। जनकपुरमा कांग्रेसले एकलाख मान्छे उतार्ने दाबी गरेपछी झा शान्तिपूर्ण रुपले नगराईन पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गरेका थिए।
नगराईन चोकमा आयोजित कार्यक्रममा ६१ वर्षिया रामहरि यादवले उनलाई यसपटक धनुषा-३ मा घण्टी जित्ने आश्वस्त हुन आग्रह गरेका थिए। “मनिष बाबू तपाईं ढुक्क हुनुस। यसपटक केवल घण्टी बज्छ,” झाको शिरमा हात राखेर उनले भने, “यत्रो वर्षमा सबैलाई देखिसकेका छौँ। यो पाँच वर्षको लागि घण्टीलाई जिताउँछौँ।”

नगराईनका मतदातासँग भेटघाटका लागि गएका झाको हातबाट करिब डेढ सयले पार्टी प्रवेश गरेका थिए। झाले नवप्रवेशीलाई स्वागत गर्दै आफ्नो प्रतिद्वन्दी कोहि व्यक्ति नभई खराब प्रवृति भएको बताएका थिए।
“घरदैलो कार्यक्रममा जनताको आँखा हेर्दा आशा र अपेक्षा मात्रै देखिन्छ। र यहि अपेक्षा पूरा गर्न परिवर्तन चाहिन्छ,” झाले भनेका थिए, “तपाईंहरु कोहिसँग नडराउनुस। हामी छौँ तपाईंको साथमा। यसपटक बिनाकुनै डर भय घण्टीमा मतदान गर्नुस्, बाँकी तपाईं काम हेर्नुहोला।”
पार्टी प्रवेश गरेका घनश्याम मण्डल अब बालेन सरकारको विकल्प नभएको बताएका थिए। “अब बालेन सरकार बनाऔं, सबै समस्या समाधान हुन्छ,” उनले भने, “यसपटक मधेसीलाई प्रधानमन्त्री बनाएर इतिहास रचौं।”
यसअघि नै रास्वपा प्रवेश गरिसकेका रामलक्षमण यादवले नगराईन जस्तो ठाउँमा रास्वपाको पक्षमा यस्तो जनमत देखिनु नै जनता पीडा र समस्यामा भएको बुझ्नुपर्ने बताए।
“हत्यारा पार्टीको अब दिन गयो। यसपटक परिवर्तनको विकल्प छैन,” उनले भने, “सबैले घण्टीमा मतदान गरेर बालेनको सरकार बनाऔँ।”
धनुषा-३ मा झाको चुनावी कमान्डरसमेत रहेका जितेन्द्र महासेठ र झाको बलियो सहयोगि मानिने अम्भुप्रसाद साह पनि नवप्रवेशीहारुलाई स्वागत गरेका थिए। राष्ट्र निर्माणको अभियानमा जोडिनु रास्वपा थप मजबुत भएको दुवैको भनाई थियो।
श्री राजेश्वर निधि माध्यमिक विद्यालयको ठिक सामुन्नेमा कार्यक्रम हुँदा विद्यालयकै शौचालयको अति दुर्गन्धित र जर्जर अवस्थामा देखिएपछी महासेठ प्रश्नसहित सचेत गराएका थिए।
“यदि हामी सरकारको नेतृत्वमा पुग्यौं भने हाम्रो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य हुनेछ। हामी शिक्षाको गुणस्तरसँगै विद्यालय भवनको स्तर पनि सुधारछौँ,” उनले भने, “अहिले नै केही साथीहरू यो विद्यालयको शौचालय प्रयोग गर्न जानुभयो। तर अवस्था यति बत्तर छ कि नाकआँखा सबै थुन्नुपर्ने बाध्यता छ। त्यसकारण, अब अती भयो, बालेनलाई सरकारको नेतृत्व सम्हाल्न दिउँ।”





















Discussion about this post