धनुषा/फागुन ५ गते । धनुषा निर्वाचन क्षेत्र नं. २ नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार रामचन्द्र झा पार्टीका एक जिल्लास्तरीय नेता एमालेमा प्रवेश गरेका छन् ।
सोमबार धनुषा २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाले जनकपुरधाम उपमहानगरपालिका वडा न. १७ का वडाध्यक्ष प्रत्यासी विशेश्वर यादवलाई एमालेमा भित्र्याएका छन् ।
लामो समयदेखि रामचन्द्र झाको सहयोगी कार्यकर्ता भएर काम गरेका यादव फागुन २१ को चुनावमा उमाशंकर अरगरियालाई सघाउने भएको छ ।
नेपाली कम्यूनिष्ट पार्टी जिल्ला कमिटि सदस्य एवं वडाध्यक्षका प्रत्यासी रहेका यादवलाई अरगरियाले माला, अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
जिल्ला कमिटि सदस्य उमाशंकरसँग गएपछि रामचन्द्र झालाई जनकपुरधाम १७ मा मतको झटका लागेको छ ।





















Discussion about this post