धनुषा/माघ २८ गते। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका राजीव झा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन। धनुषा-३ मा उम्मेदवारी समेत दिएका उनी चुनावभन्दा जम्मा २२ दिन अगाडी मात्रै रास्वपा प्रवेश गरेका हुन।
जनकपुर उद्योग वाणिज्य संघको हलमा भएको वृहत् पार्टी प्रवेश कार्यक्रममा राजीव आफू आजदेखि राष्ट्रिय मुक्ति पार्टी परित्याग गरेर रास्वपाबाट धनुषा-३ मा उम्मेदवार रहेका मनिष झालाई सघाउने बताएका छन्।
“देशको अवस्थालाई मध्यनजर गरेर म यो निर्णय लिएको हुँ। आजदेखि म पुर्ण रुपले मनिष जिलाई सघाउँछ, राजीवले भने, “अहिलेसम्म जुन दलमा थिएँ र जुन नेताहरुसँग काम गरेर उहाँहरु सबैलाई धन्यवाद।”
यसअघि नै रास्वपा प्रवेश गरिसकेका जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जितेन्द्र महासेठ पनि झाको प्रवेशले आफुहरु थप बलियो भएको बताए। महासेठ झाको लोकप्रियता र जनाधारले रास्वपालाई झन् शक्तिशाली बनाएको बताए।
रास्वपा प्रवक्ता मनिष झालाई प्रारम्भदेखि नै सहयोग गर्दै आएका पुर्व एसएसपी उमाशंकर पंजियार पनि राजिवको रास्वपा प्रवेशले मनिषलाई सहयोग हुने बताएका छन।














Discussion about this post