जनकपुरधाम।प्रदेश २ मा बलिदानी दिवसको अवसरमा भोली (सोमबार) सार्वजनिक विदा दिइएको छ।प्रदेश नम्बर २ का मुख्यमन्त्रीको सँचार सचिवालयको अधिकारिक पेजमा माघ ५ गते सार्वजनिक विदा घोषणाको जानकारी अपडेट गरिएको छ । मधेश आन्दोलनको क्रममा शहादत दिएका वीर शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघमा बलिदानी दिवस मनाउँदै आएको छ ।

मुख्यमन्त्रीको प्रदेश सँचार सचिवालयको अनुसार सोमबार अर्थात यस वर्षको माघ ५ गते (भोली) मनाइने बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरिएको हो ।

प्रदेश २ सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ ।यस बर्ष भने प्रदेश सरकारले विभिन्न वर्षमा प्रदेश नं २ को विभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै छ ।मधेशी शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघको बलिदानी दिवस मनाउँदै आइरहेको छ ।














Discussion about this post