nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अहिलेको व्यवस्था नफालेसम्म देशले सही निकास पाउँदैन, नयाँ भनिएकाहरू कोही अनाडी, कोही भ्रष्ट र कोही ठग निस्किए : प्रभु साह

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १९, २०८२, ८:४३ मध्यान्ह
अहिलेको व्यवस्था नफालेसम्म देशले सही निकास पाउँदैन, नयाँ भनिएकाहरू कोही अनाडी, कोही भ्रष्ट र कोही ठग निस्किए : प्रभु साह

काठमाडौं/पुष १९ गते। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान राजनीतिक व्यवस्था नफालेसम्म देशले सही निकास नपाउने बताएका छन् । उनले संविधान र व्यवस्था नै गलत भएको कारण देशको यो दूरावस्था भएको टिप्पणी गरेका छन् । उनले चरम दलीय सिण्डिकेटको कारण पछिल्लो दशक देश अस्थिरताको शिकार बन्नुपरेको दाबी गरे । अहिले जेनजी आन्दोलनको मर्म र भावनालाई वर्तमान सरकार, ठूला राजनीतिक दल र विकल्प दिन्छु भन्ने नयाँ दलहरुले समेत कुल्चिएको साहको आरोप छ ।शनिबार

ललितपुरको युनिभर्सल ईन्जिनियरिङ कलेजको सभा हलमा आम विद्यार्थी मोर्चाको काठमाडौं उपत्यका विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको अपहरणकारी भएको भन्दै देशप्रति गम्भीर नरहेको आरोप लगाए । उनले जेनजी आन्दोलनमा दमन गर्नेहरु खुलेआम सरकारको स्वागत तथा सत्कारमा सहभागी भएको र जेनजी आन्दोलनकारीमाथि उल्टै दमन गरिएको बताए ।

उनले २१ फागुनमा निर्वाचन गराउने सवालमा सरकार गम्भीर नबनेको आरोप लगाए । चुनावको वातावरण बनाउने सवालमा सरकारका मन्त्रीहरुको कामकारबाहीमा एकरुपता नदेखिएको र अझैपनि शान्ति तथा सुव्यवस्थाको उचित वातावरण बनाउन सरकार चुकेको उनको आरोप छ ।

उनले निर्दलीय सरकारमा बसेर दलको वकालत गर्ने र चुनावी प्रचार गर्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्नपनि माग गरे । उनले कुलमान घिसिङले हिजो जेनजी आन्दोलनको क्रममा नागरिक सरकारमा सहभागी हुने भनेर आज दल खोल्ने र चुनाव लड्ने महत्वकांक्षाअनुसार काम गरिरहेको भन्दै आलोचना गरे ।

विकल्प दिन्छु भनेर राजनीतिमा उदाएकाहरु पद र पावरको लागि मात्रै मरिहत्ते गरिरहेको भन्दै साहले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङले मुलुकको नेतृत्व गर्ननसक्ने ठोकुवा गरे । उनले नयाँ भनिएकाहरु कतिपय अनाडी (केहीपनि नजानेको) र कतिपय ठग र कतिपय भ्रष्ट रहेको भन्दै आलोचना गरे । उनले देशलाई सही तवरले निकास दिनको लागि देशभक्त र अग्रगामी शक्तिहरुबीच एकता हुनुपर्ने आवश्यकता औंल्याए । उनले आफूले नेतृत्व गरेको आजपा देश र जनताको पक्षमा सधैं अडिग भएर संघर्षको मैदानमा होमिएको पनि बताए ।

व्यवस्था खराब र भ्रष्ट, राज्यको चरित्र नै लुटकारी भएको कारण आज देशको अवस्था दयनीय बनेको उनको टिप्पणी छ । उनले लुटकारी राज्यको कारण देशको शिक्षा र स्वास्थ्यमा चरम व्यापारीकरण भएको बताए । उनले अब जनताको शासन ल्याउनको लागि एकपटक निर्णायक संघर्षमा उत्रिनुपर्ने आवश्यकता औंल्याए ।

उक्त भेलाले शिक्षा क्षेत्रमा भएको लुट एवम् विभेद अन्त्य गर्ने संकल्प लिएको छ । भेलामा जेनजी अभियन्ताहरु लेलिन बिष्ट, बिकेश साह, अमृत बोहरा, सुशील लगायतका पनि सहभागिता रहेको थियो ।

 

Discussion about this post

Related Posts

मधेशको जनसंख्या २५ वर्षमा ८२ लाख पुग्ने अनुमान, अहिलेबाटै योजना बनाउन जोड

मधेशको जनसंख्या २५ वर्षमा ८२ लाख पुग्ने अनुमान, अहिलेबाटै योजना बनाउन जोड

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठीपेटिका, विद्यालयका समस्या समाधान गर्न माग

मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठीपेटिका, विद्यालयका समस्या समाधान गर्न माग

जनकपुरधामलाई व्यवस्थित बनाउन जनसरोकार अभियानको माग

जनकपुरधामलाई व्यवस्थित बनाउन जनसरोकार अभियानको माग

जनकपुरधाममा सीएसई परियोजनाको प्रादेशिक अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

जनकपुरधाममा सीएसई परियोजनाको प्रादेशिक अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि