nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुशीला सरकारको कारण मुलुक ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा पुग्यो : प्रभु साह

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १५, २०८२, २:२७ मध्यान्ह
सुशीला सरकारको कारण मुलुक ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा पुग्यो : प्रभु साह

काठमाडौं/कार्तिक १५ गते । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारको कारण मुलुक ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा पुगेको टिप्पणी गरेका छन् । शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न नसकेको, वैदेशिक सम्बन्ध शून्यतामा पुर्याएको, सुशासन कायम गर्न नसकेको र विकास निर्माण ठप्प बनाएको भन्दै साहले वर्तमान सरकारको कारण मुलुक ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा पुगेको दाबी गरेका हुन् । सरकार बनेको ४५ दिन पुगिसक्दापनि आफ्नो मूल लक्ष्य हासिल गर्नेतर्फ सफल हुन नसकेको साहको आरोप छ ।

आज (शनिबार) काठमाडौंमा पार्टीको गोकर्णेश्वर नगर कमिटीले आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै साहले चुनाव गराउने मूल उद्देश्यप्रति जिम्मेवार हुन र सुशासन कायम गर्ने सवालमा गम्भीर बन्न प्रधानमन्त्री कार्कीलाई सुझाव दिए । तर, वर्तमान सरकारको चाला–माला हेर्दा तोकिएकै मितिमा चुनाव हुनेमा आशंका पैदा भएको उनको टिप्पणी छ ।

सुशीला सरकारले जेन–जी आन्दोलनको मूल मर्ममाथि नै प्रहार गरेको भन्दै साहले पूरानै व्यवस्था र संविधानबाट देशले निकास नपाउने ठोकुवा गरे । उनले नेपाली जनताले अर्को निर्णायक हस्तक्षेपकारी संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने,‘यो सरकार जेनजीहरुको भावनामाथि खेलवाड गर्दैछ, अहिलेसम्म आन्दोलनमा दमन गर्नेहरुमाथि कारबाही गर्न सकेको छैन । उल्टै आन्दोलनमा भाग लिएकाहरुलाई धरपकड गरिराखेको छ।’

सरकारले आफ्नो राष्ट्रिय सम्पत्ति (सार्वजनिक संस्था) मा कति क्षति भयो भनेर पनि तथ्य जनतासामू पेश गर्न नसकेको उनको आरोप छ । उनले भने,‘सिंहदरबार जल्यो, संसद् भवन खरानी भएको छ, सर्वोच्च अदालत जलेको छ, सार्वजनिक सम्पत्तिमा कति क्षति भयो भनेरपनि यो सरकारले अहिलेसम्म जनतासामू भन्न सकेको छैन, आज सरकार बनेको पनि डेढ महिना व्यतित भईसक्यो ।’

सरकारले चुनावको लागि भयरहित वातावरण बनाउनुपर्नेमा उल्टै भय थप्ने काम गरेको र नागरिक अहिले सुरक्षाको प्रत्याभूतिको खोजीमा रहेको साहको टिप्पणी छ । उनले भने,‘आन्दोलनमा सुरक्षाकर्मीबाट लुटिएका स्वचालितसहित विभिन्न आधुनिक हतियार अहिलेसम्म फिर्ता ल्याउन सकेको छैन, कति लुटिएका छन्, कति फिर्ता आए ? भनेर पनि भन्न सकेको छैन । गम्भीर अपराधमा संलग्न कैदीबन्दीहरु हजारौंको संख्यामा फरार छन्, प्रहरीको मनोवल पूरा खस्किएको छ, अनि यो सरकारले अहिलेसम्म शान्ति, सुरक्षाको प्रवन्ध गर्न सकिरहेको छैन, अनि कसरी तोकिएको मितिमा निर्वाचन हुन्छ ? शंका गर्ने प्रशस्त आधार र कारण छन्, तर चुनाव गराउँदिन, सत्ता लब्याउँछु भनेर यदि सरकारमा भएकाहरुले सोचेका हुन् भने जनताले घोक्रेठ्याक लगाउँछन्, कान समातेर भएपनि तिमीहरुलाई चुनाव गराउने दायित्वबाट विमुख हुन दिँदैनौं ।’

भदौ २३ र भदौ २४ गतेको घट्नाको अध्ययन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारी नै असुरक्षित हुन थालेको र जाँचबुझको लागि जिल्ला भ्रमणमा जाँदा एमालेका नेताहरूले धम्की दिएका भिडिओ आउन थालेको भन्दै सरकार निरीह बनेको उनको आरोप छ । उनले भने,‘यत्रो नरसंहारकारी घट्ना भयो, होनाहार युवाहरुलाई छाती र टाउकोमा ताकि ताकि ओली सरकारले गोली हानेर मारेको छ, अनि जाँचबुझ आयोगले छानबिन गर्दा अवरोध हुन्छ, अहिलेसम्म घट्ना संलग्नहरुको बयानसमेत लिन सकेको छैन, अनि कसरी यो सरकारले न्याय दिन्छ ? चुनाव गराउँछ ?’ सरकारले जाँचबुझ आयोगका पदाधिकारीलाई पहिला सुरक्षाको उचित प्रवन्ध र प्रत्याभूति दिलाउनुपर्ने पनि साहको माग छ ।

चुनावी सरकारले पाँच वर्षको म्याण्डेट लिएर आएको सरकारझैं वैदेशिक सम्बन्धमा नै खलल पुर्याउनेगरि बिनाकारण विभिन्न देशका राजदूतहरु फिर्ता बोलाएको साहको आरोप छ । उनले भने,‘चुनाव गराउने सरकारले राजदूत फिर्ता बोलाउने, अनि ती देशमा तत्कालै राजदूत नियुक्त गरेर नपठाउने काम गर्न मिल्छ ? यो त वैदेशिक सम्बन्धलाई शून्यतामा झार्ने कदमको सुरुवात भएन र ?’ सुशासन कायम गर्ने सवालमा समेत सरकार गम्भीर रुपमा चुकेको उनको आरोप छ । सरकार बनेको आज यतिका दिन व्यतित हुँदासमेत सुशासनको प्रत्याभूति दिलाउनेतर्फ सरकारको कदम नदेखिएको उनको भनाई छ । विकास निर्माणको काममा समेत सरकारले ध्यान नदिएको उनको गुनासो छ । केही पनि काम नगर्ने हो भने किन चाहियो सरकार ? भन्ने उनको प्रश्न थियो ।

प्रधानमन्त्री बनेको ४५ दिन पुगिसक्दापनि अहिलेसम्म आफ्नो क्याविनेटलाई पूर्णता दिन नसक्नु प्रधानमन्त्रीको असफलता भएको उनको आरोप छ । त्यसमा पनि मन्त्री बनाउने भनेर केही व्यक्तिहरुको नाम लिने, राष्ट्रपति कार्यालयमा सिफारिश गर्ने अनि काट्ने काम गरेको भन्दै उनले आक्रोश पोखे । उनले भने,‘प्रधानमन्त्रीले एकदमै केटाकेटीपन देखाउनुभएको छ, मन्त्रीहरु सिफारिश गर्ने नाममा नाम पठाउने, अनि काट्ने खेल गर्नुभयो, दलित समूदायका डा. रामजी राम र खगेन्द्र सुनारको नाम लिनुभयो, तर अन्तिममा काट्नुभयो, यो अन्याय होईन ? यो त सिंगो दलित समूदायको मर्म र भावनामाथिको प्रहार हो ।’

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!