nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १५, २०८२, ११:१० बिहान
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन

कार्तिक १५ गते। आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनदेखि चार महिनासम्म सुतेका भगवान् विष्णु आज कै दिन योगनिद्राबाट जाग्ने विश्वास रहेको छ । यस दिनलाई देवउठनी वा देवोत्थान एकादशी पनि भनिन्छ। सानातन धर्मावलम्बी आज शनिबार भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन्।

सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन छ।

एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा द्वादशीमा हवन गरी विसर्जन गरिन्छ। यसै दिन नवान्न (नयाँ अन्न) को हवन गर्ने नेपाली परम्परा छ।

आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ। विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ। यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।

अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन्।

भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि घण्टा, शङ्ख, मृदङ्ग आदि वाद्यका माङ्गलिक ध्वनिका बिच यी श्लोक पढेर जगाउनु पर्दछ ।

उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ।।
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत–वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ।।

विष्णु भगवानको जागरणसँगै चतुर्मासमा रोकिएका विवाह, व्रतबन्ध, गृह प्रवेश र अन्य माङ्गलिक कार्यहरूको शुभ मुहूर्त सुरु हुने मान्यता छ। ठूली एकादशीमा घर आँगनमा रोपिएको तुलसीको विधिपूर्वक विवाह गरिन्छ। तुलसी मठलाई गोबर र माटोले लिपपोत गरी, सेता, रातो, पहेँलो वस्त्र र फूलमालाले सिँगारिन्छ र विष्णुको प्रतीक लिङ्गोसँग विवाह सम्पन्न गरिन्छ।

व्रतालुले फलाहारमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्छन्। यस व्रतले हजार अश्वमेध र सय राजसूय यज्ञ बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। दिवङ्गत पितृको नाममा खोलामा फूल तारेर ‘पितृभ्य स्वधा नमः’ उच्चारण गर्ने प्रचलन पनि छ । यसरी फूल तारेर पितृलाई समर्पण गर्दा व्रत, दान र पुण्यको फल पितृहरुलाई प्राप्त हुन्छ र पितृहरू प्रसन्न भई परिवारमा शान्ति, समृद्धि र आशीर्वाद दिन्छन् भनी शास्त्रमा वर्णन गरिएको छ ।

हरिबोधिनी एकादशीको शास्त्रीय महत्व
शास्त्र अनुसार श्रीहरिलाई षोडशोपचार विधिबाट पूजा गर्ने र फलफूल, नैवेद्य अर्पण गर्ने परम्परा छ। व्रतालुले रातभर हरिनाम सङ्कीर्तन गर्दा भगवान् विष्णु अत्यन्त प्रसन्न हुने विश्वास गरिएको छ। यस दिनका व्रत, दान, स्नान र पूजा सबै अक्षय फलदायक हुन्छन्। हरिबोधनी एकादशीले न केवल भगवानको जागरणको स्मरण गराउँछ, तर माङ्गलिक कार्यको शुभारम्भ र भक्तिको अवसर पनि प्रदान गर्दछ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौँको बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।

पूजा विधि:

बिहान उठेर स्नान गरी व्रतको सङ्कल्प गर्ने

भगवान् विष्णुको मूर्तिमा जल, अक्षता, फूल, तुलसीदल र दीप अर्पण गर्ने ।

ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने

दिनभर व्रत गरी फलाहार वा निर्जला व्रत गर्न गर्ने ।

राति भजन, कीर्तन वा जागरण गर्नु शुभ मानिन्छ ।

भोलिपल्ट द्वादशीको दिन पारण (भगवानको पूजा) गरी व्रत खोल्ने ।

Tags: धर्म/संस्कृती

Discussion about this post

Related Posts

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

बरामद समानसहित पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश

मन्त्रिपरिषद् निर्णय : इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले बढ्यो

मन्त्रिपरिषद् निर्णय : इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले बढ्यो

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

महंगो ‘रूम फ्रेसर’ छाडनुहोस्, सजिलै कोठालाई यसरी बासनादार बनाउनुस

महंगो ‘रूम फ्रेसर’ छाडनुहोस्, सजिलै कोठालाई यसरी बासनादार बनाउनुस

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि