nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रूबी साह हत्या प्रकरण : मुख्य आरोपी जलेको अवस्थामा पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ११, २०८२, १२:३७ मध्यान्ह
रूबी साह हत्या प्रकरण : मुख्य आरोपी जलेको अवस्थामा पक्राउ

सञ्जय मिश्रा/रौतहट/भदौ ११ गते। रौतहटको सबैभन्दा चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवान आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन्।

माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको हो। उनका टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको प्रहरी स्रोतले जनाएको छ।

हाल उनको अवस्था गम्भीर भए पनि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।

हत्या प्रकरणको पृष्ठभूमि

गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक डोरीले बाँधिएको अवस्थामा २६ वर्षीया रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो।
अनुसन्धानबाट खुलेको प्रारम्भिक विवरण अनुसार, पासवानले गौरस्थित भाडाको घरमा रुबीको हत्या गरी शव सुटकेसमा हालेर इ–रिक्सामा सार्ने प्रयास गरेका थिए। तर, इ–रिक्सा बिग्रिएपछि सुटकेस त्यही छाडेर भागेका थिए।

प्रहरीले ५०० रुपैयाँमा भाडामा गएका रिक्साचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपी पासवानसम्न पुगेको हो।

रुबी साहको पारिवारिक पृष्ठभूमि

मृतक रुबी साह हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। उनी माधवनारायण–६, मधोपुरकी सुनिच्छा देवीकी छोरी हुन्।

रुबीको विवाह भारत, बिहार, मुजफ्फरपुरका शिवकुमार साहसँग भएको थियो। उनको ४ वर्षको एक छोरा रहेको छ।

सामाजिक तथा मनोवैज्ञानिक पक्ष
यो घटना केवल एउटा आपराधिक मुद्दा मात्र नभई समाजको संवेदनशील पारिवारिक र व्यक्तिगत सम्बन्धसँग जोडिएको अपराध हो।

प्रारम्भिक सूचनाअनुसार रुबी र पासवानबीच प्रेम सम्बन्ध रहेको भनिए पनि यसबारे आधिकारिक प्रमाण अझै पुष्टि भएको छैन। सम्बन्धमा विग्रिएको मनोविज्ञान र आवेगले अपराधलाई जन्म दिएको आशंका गरिएको छ।

घटनाले सामाजिक संरचना र महिला सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ। रुबी साह हत्या प्रकरणले रौतहट मात्र नभई देशभर चासो पाएको छ।

पारिवारिक जिम्मेवारी, असुरक्षा, अविश्वास र आवेगात्मक निर्णयले समाजमा कस्तो विनाशकारी रूप लिन सक्छ भन्ने उदाहरण यस घटनाले देखाएको छ। हाल प्रहरी अनुसन्धान जारी छ र मुख्य आरोपी उपचारपछि प्रत्यक्ष बयान दिन सक्ने अवस्थामा पुगेपछि घटना अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि