जनकपुरधाम, नेपाल पिछडावर्ग (OBC) विद्यार्थीसंघ, प्रदेश कमिटी, प्रदेश न.२ द्वारा नवनिर्वाचित संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय जुली महतो ज्यु लाई स्वागत तथा सम्मान गरिएको छ । जनकपुरधाम वडा न.०९ स्थित महतो जि को निजिनिवासमा उक्त कार्यक्रम आयोजित गरिएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल पिछडावर्ग (OBC) विद्यार्थीसंघका प्रदेश अध्यक्ष रवि कुमार साहको थियो ।

कार्यक्रमको आकर्षण तथा केन्द्रबिन्दु भनेको प्रमुख अतिथि मा. जुली महतो रहेको थियो । कार्यक्रममा विशिस्ट अतिथिका रुपमा ने.क.पा का जिल्ला अध्यक्ष क.राज किशोर यादव र नेपाल पिछडावर्ग (OBC) विद्यार्थीसंघका केन्द्रिय अध्यक्ष मोहन ठाकुर रहेको थियो भने अतिथिमा ने.क.पा पुर्व जिल्ला सदस्य क.भोला यादव , ने.क.पा जिल्ला सदस्य क.डा. सन्जिब यादव, युवा नेता क. दिपनारायण ठाकुर,क. पुर्शोतम चौधरी,क.मुखर्जी यादव तथा OBC विद्यार्थी संघमा आवद्ध युवाहरु जस्तै रवि साह, सितल साह, मनिष यादव, अभिषेक यादव, कृषणा महतो,सुरक्षित चौधरी लगायत अन्य ७३ जना युवाहरुको उपस्थिति रहेको थियो ।

वर्तमान समयमा प्रचण्ड र ओलि गुठ विभाजन र संसद विघटन पश्चाात सम्मानिय प्रधान मन्त्री के.पि ओलिले यहि मिति:२०७७/०९/१० गते संघीय महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रीको कार्यभार मा. जुलि महतो लाई दिइएको थियो । नवनिर्वाचित पछी मन्त्री बनेर प्रथम पटक आफ्नो क्षेत्रमा आउनु भएकोले उक्त कार्यक्रम आयोजना गरिएको थियो । समितिका सम्पुर्ण पदाधिकारीहरुको तर्फबाट अध्यक्ष रवि कुमार साहले मानवीय जुली महतोलाई सम्बोधन गर्दै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो ।
मानवीय महतो ज्युले आफ्नो मन्तव्य राख्ने क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सकेसम्म सहयोग गर्ने । साथै उनको क्षेत्र र जानकी जि को भुमि जनकपुरधाम लाई विशेष ध्यान दिने र नेपाल पिछडावर्ग (OBC) विद्यार्थी संघलाई अगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत गरेका हुन ।





















Discussion about this post