गिरिजानन्द साह/जनकपुरधाम। युवा–नेतृत्वमा आधारित सामाजिक संस्था कायापलटले विभिन्न कार्यक्रममार्फत आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ।
संस्थाले वार्षिकोत्सवको अवसरमा बिहान कवीर बाल आश्रममा स्टेशनरी सामग्री सहयोग गरेको थियो। आश्रमका बालबालिकालाई कपी, कटर, पेन्सिल, इरेजर, कलम लगायत शैक्षिक सामग्री तथा फलफूल हस्तान्तरण गरिएको हो।
त्यसपछि साँझ ४ बजे संस्था र भोलिन्टियरबीच छलफल कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको थियो। छलफलमा संस्थाले गरेका काम, आगामी योजनाबारे विचार–विमर्श भएको आयोजकले जानकारी दिएका छन्।
कायापलट एक युवा–नेतृत्वमा आधारित, गैर–नाफामुखी, गैर–राजनीतिक र गैर–सरकारी सामाजिक संस्था हो। संस्था मधेश र बागमती प्रदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ।


Discussion about this post