असार १७ गते। मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम स्थितमधेश भवन परिसरमै रहेको मधेश प्रदेश प्रहरी गणको मंगलवार अनुगमन गर्नुभएको छ । जनकपुरधाम स्थित निधी भवनमा रहेको प्रहरी गणमा कार्यरत प्रहरी कर्मचारीहरु मधेश भवनन परिसरमा रहेको पुरानो र जोखिमपूर्ण गोदाम सहित भवनहरुको सरसफाइ संगै मर्मत गरि अहिले प्रयोगमा ल्याउँदै गण कार्यालय र प्रहरीको वस्ने व्यवस्थापन मिलाएका छन् । यद्धपी उक्त स्थानमाप्रहरी कर्मचारीहरुलाई सुत्नका लागि समस्या रहेको छ । प्रहरी कर्मचारीहरु बस्ने भवनमा अत्यधिक गर्मी रहेको र पंखाको समेत प्रयाप्त व्यवस्था छैन ।
खानेपानीको समेत समस्या रहेको प्रहरी अधिकृतहरुले मुख्यमन्त्री सिंहलाई जानकारी गराउनुभएको थियो । जनताको सुरक्षामा अहोरात्र खट्नुहुने प्रहरी कर्मचारीहरुको समस्या समाधान गर्ने तर्फ प्रदेश सरकारले आवश्यक पहल गर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो ।
मधेश प्रदेश प्रहरी गणको व्यवस्थापनका लागि प्रदेश सरकारका बिभिन्न मन्त्रालय मार्फत यथेष्ट सहयोग गर्ने मुख्यमन्त्री सिंहले प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री सिंहलाई गणपति प्रहरी उपरिक्षक नारायण रण्जितकार, प्रहरी निरिक्षक बेचन यादव सहितका प्रहरी अधिकारीहरुले गणको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।















Discussion about this post