गिरिजानन्द साह/जनकपुरधाम/जेठ २६ गते। ट्राफिक प्रहरी कार्यालय धनुषाले सडक सुरक्षा तथा जनचेतनामूलक ट्राफिक सप्ताह–२०८२ को अवसरमा विशेष नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गरिएको थियो।
मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानून मन्त्रालयको संयोजन तथा ट्राफिक प्रहरी कार्यालय धनुषाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुरधाम, धनुषाको प्राविधिक सहयोग रहेको थियो।
कार्यक्रम अन्तर्गत चालक र सह-चालकहरूको आँखा, श्रवण शक्ति (सुनाइ जाँच), र रक्तचाप (ब्लड प्रेसर) जाँच गरिएको थियो। स्वास्थ्य परीक्षण कार्यक्रममा कुल १३० जना चालक तथा सह-चालकहरूले सहभागिता जनाएका थिए।
सडक दुर्घटनाको जोखिम न्यूनीकरण तथा चालकहरूमा स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको यस प्रकारको कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।














Discussion about this post