चैत १४ गते । सप्तरीको सप्तकोशी नगरपालिका-५ गंगाजलीमा बुधबार राति भएको आगलागीमा एक व्यक्ति घाइते भएका छन् भने करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागी नियन्त्रण गर्ने क्रममा घरधनी सोमप्रसाद आचार्य घाइते भएका छन्। आगो निभाउने क्रममा उनको हात, खुट्टा र शरीरका केही भाग जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घटनामा आचार्यकै गाईगोठबाट सल्किएको आगोले गाईगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै, दुई तले घरमा पनि आंशिक क्षति पुगेको छ, जसका कारण करिब १५ लाख रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ।
आगलागीमा एउटा पाडा र दुई वटा बाख्रा जलेर मृत्यु भएको छ। स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।





















Discussion about this post