काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपालले प्रदर्शन गर्ने भएको छ। काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ गते देशव्यापी प्रर्दशन गर्ने निर्णय गरेको हो।
“प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको विरुद्धमा २०७७ पुस ८ गते देशव्यापी रूपमा र्यालीसहितको विरोध प्रदर्शन कार्यक्रम गर्ने निर्णय भएको हुँदा सम्पूर्ण पार्टी पङ्क्ति र आमनागरिकलाई कार्यक्रममा सहभागी भई सफल बनाउन हार्दिक अनुरोध गर्दछौं,” अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जारी गरेको वक्तव्यमा उल्लेख छ। काठमाडौंमा आकस्मिक रूपमा बसेको बैठकले उक्त निर्णय गरे पनि भोलि पुनः बैठक बसेर थप कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमा जनाइएको छ।





















Discussion about this post