nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राजमार्ग क्षेत्रका निजी अस्पतालमा मुख्यमन्त्री सिँहको अनुगमन, १३ मा १२ अस्पताल अवैध

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १७, २०८१, ९:०५ मध्यान्ह
राजमार्ग क्षेत्रका निजी अस्पतालमा मुख्यमन्त्री सिँहको अनुगमन, १३ मा १२ अस्पताल अवैध

जनकपुरधाम/फागुन १७ गते । स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता वृद्धि गर्नुपर्ने चुनौतीसँग जुझिरहेको मधेश प्रदेशका अधिकांश निजी अस्पताल अवैध तथा अनाधिकृत रूपमा सञ्चालनमा छन् । प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले केही समययता गरिरहेका अस्पताल अनुगमनमा प्रदेशका विभिन्न ठाउँका निजी अस्पतालमध्ये बहुसँख्यक सेवा सञ्चालन अनुमतिबिनै चलिरहेको पाइएको छ ।


मुख्यमन्त्री सिँहको नेतृत्वमा प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँहसहितको टोलीले शनिबार साँझ रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनमा गरेको १३ वटा निजी अस्पताल अनुगमनमा १२ वटा अनाधिकृत तवरले सञ्चालनमा रहेको पाइएको छ । मुख्यमन्त्री सिँहले कानुनसम्मत ढङ्गले सञ्चालनमा नरहेका ती १२ वटा अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

रौतहट र सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर तथा हरिवनमा गरिएको १३ वटा निजी अस्पताल अनुगमनमा एकमात्र चन्द्रपुरस्थित अस्पताल चन्द्रपुर हस्पिटल प्रालिले सेवा सञ्चालन अनुमति लिएको पाइएको प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका निमित्त प्रदेश सचिव राजेश मिश्रले बताए । सो अस्पतालसँग चिकित्सक तथा कर्मचारीलाई दिइने करकट्टासहितको तलब विवरण माग गरिएको उनले बताए ।

सेवा सञ्चालन अनुमति नलिएका रौतहटको चन्द्रपुरस्थित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर .सिभिल हृयुमन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी हस्पिटल प्रालि, हिमालयन पोलिक्लिनिक, सिम्स अस्पताल प्रालि, चन्द्रपुर अर्थोपेडिक एन्ड जेनरल हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, चन्द्रपुर सामुदायिक हस्पिटल प्रालि र मोडेल अर्थोपेडिक एन्ड जेनरल हस्पिटल प्रालिलाई बन्द गर्ने निर्देशन दिइएको छ । यसैगरी सर्लाहीको हरिवनस्थित दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालिलाई समेत बन्द गर्न निर्देशन दिइएको छ । बन्द गर्न निर्देशन दिइएका अस्पताललाई निर्धारित प्रक्रियाअनुसार सेवा सञ्चालन अनुमति लिएर मात्र सुचारु गर्न मुख्यमन्त्रीले निर्देशन दिएको मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए ।

मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार कर्णले शय्या सँख्याका आधारमा तोकिएका मापदण्डका आधारमा सङ्घ, प्रदेश र स्थानीय सरकारले अस्पताल सेवा सञ्चालन अनुमति दिने प्रावधान रहे पनि मुख्यमन्त्री सिँहले अस्पताल अनुगमनक्रममा अधिकांशले कम्पनी दर्ता गरी र केहीले सोझै अस्पताल सञ्चालन गरिरहेको पाइएको जानकारी दिए । उनले मापदण्डअनुसार भौतिक पूर्वाधार, औषधिउपकरण, जनशक्ति व्यवस्थापन नगरी सञ्चालित अनाधिकृत अस्पतालमा उपचार हुँदा सेवाको गुणस्तर कायम हुन नसकेको, धेरैजसो बिरामीको स्वास्थ्यस्थिति जटिल बनेको र ज्यानसमेत जोखिममा पर्नेगरेको र उपचारसमेत महँगो हुने गरेको जानकारी मुख्यमन्त्री सिँहलाई प्राप्त हुन थालेपछि उनले निजी अस्पतालको अनुगमनलाई तीव्रता दिएका हुन् । यसअघि मुख्यमन्त्री सिँहले प्रादेशिक राजधानी जनकपुरधाम, वीरगन्ज लगायतका ठाउँमा निजी अस्पताल अनुगमन गरिसकेका छन् । मुख्यमन्त्रीका प्रेस सहयोगी मनोज मोरबैताका अनुसार सर्लाहीको राजमार्ग क्षेत्रमा मुख्यमन्त्री सिँहको अनुगमन अबेर साँझमा समेत जारी छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!