nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मौलापुर मधानी महायज्ञमा दर्शनार्थीको भिड,१४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १३, २०८१, ७:३६ मध्यान्ह
मौलापुर मधानी महायज्ञमा दर्शनार्थीको भिड,१४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम

फागुन १३ गते। रौतहटको मौलापुर नगरपालिकाको पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको मंगलबार विशेष पूजा सम्पन्न भएको छ। मधानी महायज्ञको तेस्रो दिन विशेष पूजा भएको हो।

मौलापुर नगरपालिकाको आयोजना भइरहेको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ। तेस्रो दिन विभिन्न शिवमण्डलीका बीच प्रतिस्पर्धा भएको छ। मधानी महोत्सव हेर्नेको भिड लागेको छ। नेपाल र भारतका दर्शनार्थीहरु पतौराधाममा मधानी महायज्ञ हेर्न आएका छन्। बुधबार विशेष सांस्कृतिक कार्यक्रम र बिहीबार प्राचीन खेल दंगसँगै सम्पन्न हुन्छ।

मधानी महायज्ञमा नेपालसहित भारतका दर्शनार्थीहरूको भिड लागेको छ। यसले दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास छ। ‘मधानी महायज्ञ नेपाल-भारत सम्बन्धको सेतु बनेको छ,’ मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले भनिन्। प्रत्येक वर्ष भगवान शिव-पार्वतीकोको विवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले जनाएकी छन्।

नेपाल र भारतका दर्शनार्थीहरू दर्शन गर्न यहाँ आउने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउने विश्वास उनले व्यक्त गरिन्। सोमबार भगवान शिवको बरात यात्रा निस्केको थियो। नेपालमै पहिलो पटक पतौराधाममा भगवान शिवको बरात यात्रा निस्केको साहको दाबी छ।

भगवान शिवको वरात यात्रामा हजारौंको सहभागिता रहेको थियो। बसहामा शिव सवार रहेको सो बरात यात्रामा भगवान ब्रह्मा, विष्णुसँगै ५६ कोट देवतासहित बोमबम कवरियाका साथै स्थानीयहरू सहभागी रहेका थिए।

मौलापुर नगरपालिका पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने संकल्पसहित महायज्ञ सुरू भएको थियो।

मेयर साहको अध्यक्षतामा उद्घाटन भएको मधानी महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरूले शिक्षा-साक्षारत केन्द्रित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

१४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ।

आयोजकका अनुसार यस वर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरू आउँदैछन्। हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवम् सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवम् अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुति रहने आम सांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष विजय यादव निर्विजले बताए।

यसैगरी, मधानी महायज्ञमा महाकुम्भ मेलाकी भाइरल गर्ल मोनालिसासहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पण्डित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना शिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रिती आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बिसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कलाकारहरूको समेत सहभागिता हुँदैछ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि