nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १२, २०८१, ८:२२ मध्यान्ह
प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू

सञ्जय मिश्रा/फागुन १२ गते। रौतहटको सदरमुकाम गौर-१ स्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापरबाहीका कारण एक जना युवकको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेका छन्।

डाक्टरले लापरबाहीपूर्वक गौर नगरपालिका-३ का धर्मेन्द्र अधिकारीका छोरा १८ वर्षीय लालु अधिकारीको आन्द्राको शल्यक्रिया (अप्रेसन) गर्दा मृत्यु भएको भन्दै मृतकका काका देवेन्द्र अधिकारीले घटनाको छानबिन गर्न माग गरेका हुन्।

मृतकका काका अधिकारीका अनुसार मृतक लालु अधिकारीलाई पेट दुखेर उपचारको लागि सुरूमा शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो। त्यहाँ अल्ट्रासाउन्डलगायत विभिन्न जाँच गरेर हेरेपछि प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डा. घनश्याम ठाकुरले लालुको आन्द्रा फुटेको बताउँदै सरकारी अस्पतालमा राम्रो सेवा सुविधा नभएकाले अर्का डा. पंकज साहसँग सम्पर्क गर्न सुझावसहित दबाब दिएको देवीले बताए।

ठाकुरको सल्लाहअनुसार डा. पंकजले बिरामीलाई प्रादेशिक अस्पतालबाट आन्द्राको अप्रेसनका लागि गौर सेन्टर हस्पिटलमा पुर्‍याएका थिए। सेन्टरका सर्जन फिरोज अन्जुम, पंकज साहसहितले बिरामी लालुको पेटको अप्रेसन गरेका थिए। ‘मलाई अपरेसन थिएटरमै बोलाएर बाबुको यही आन्द्रा फुटेको थियो भनेर देखाए, अब केहीबेरमा हामीले यसको स्टिच गर्छौँ अनि ठीक हुन्छ भनेका थिए,’ मृतकका काका देवीले भने।

देवीका अनुसार अप्रेसन गरेको केहीबेरपश्चात अस्पतालबाट फोन आयो- तपाईँ तुरुन्त आउनुस्, बिरामीको हालत क्रिटिकल भएको छ।

लगत्तै त्यहाँ पुग्दा बिरामी पूरै अचेत अवस्थामा फैला पारेको देवीले बताए। ‘श्वास पनि नचलेको जस्तो देखियो, लगत्तै मैले फोन गरेर डाक्टर ठाकुरलाई बोलाएर देखाएँ, अनी गुनासो पनि गरेँ कि तपाईँहरूले यो अस्पतालमा पठाउनु भयो बच्चाको यस्तो अवस्था भयो,’ उनले भने।

ठाकुरले पनि अक्सिजनसहित एम्बुलेन्समा राखेर अबिलम्ब नेशनल मेडिकल कलेज वीरगन्ज लग्न सुझाव दिएका थिए। उनको सुझाव अनुसार शनिबार राति करीब १० बजे बिरामी लिएर नेशनल मेडिकलमा पुर्‍याइयो।

त्यहाँ उपचार गर्न आएका डाक्टरले बिरामीको मृत्यु भएको बताए। ‘मैले हारगुहार गर्दा ती डाक्टरले बिरामीको तीन घन्टाअघि नै मृत्यु भइसकेको बताए,’ देवे भने।

अर्थात्, बिरामीको अप्रेसनकै क्रममा मृत्यु भएको र डाक्टरले आफूहरूलाई झुक्याउन वीरगन्ज पठाएको देवीले दाबी गरेका छन्। उता बिरामीलाई वीरगन्जतर्फ लिएर जानु र उपचारमा संलग्न डा. फिरोज, पंकजसहितको टीम अहिले फरार भएको उनले जानकारी दिएका छन्।

देवी अधिकारीले पंकज साह, फिरोज अन्जुम र घनश्याम ठाकुर लगायत अन्य केही चिकित्सकहरूको कमिशनको चलखेलका कारण बिरामीलाई जबरजस्ती निजी अस्पतालमा पठाएको दाबी गरेका छन्।

‘सरकारी अस्पतालमा उपचार सम्भव हुँदाहुँदै पनि बिरामीलाई निजी अस्पतालमा पठाउनु दुःखद् मात्र होइन, आपराधिक कार्य हो,’ उनको भनाइ छ, ‘यस्तो लापरबाहीको कडा छानबिन हुनुपर्छ।’

उनीहरूले दोषी चिकित्सक र अस्पताल प्रशासनमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनको चेतावनीसमेत दिएका छन्।

मेडिकल अधिकृत डा. घनश्याम ठाकुरले घटनामा आफू दोषी नरहेको बताएका छन्। ‘शनिबार डा. पंकज साहसँगै अस्पतालमा ड्युटीमा थिएँ। सोही क्रममा लालु अधिकारीको आन्द्राको अप्रेसन यहाँ सम्भव नभएको मैले बताएपछि डाक्टर पंकजले गौर सेन्टर हस्पिटल पठाउन भने र उनी म भन्दा सिनियर कन्सल्टेन्ट सर्जन भएकाले उनको कुरा मानेर पठाएँ,’ उनले भने।

डा. फिरोज अन्जुमले उक्त अप्रेसनको समय आफू बाहिर रहेकाले कुनै जानकारी नभएको तर विगतदेखि नै पंकजले गौर सेन्ट्रल हस्पिटल प्रालिको अप्रेसन थिएटर पटक-पटक प्रयोग गर्दै आएकाले यस पटक पनि प्रयोग गरेको बताएका छन्। पंकज भने सम्पर्कमा आएनन्।

प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मुरारी ठाकुरले आन्द्राको अप्रेसनको लागि प्रादेशिक अस्पतालबाट बिरामी बाहिर कसरी गयो? अनुसन्धानको विषय भएको बताएका छन्। बिरामीको लक्षणअनुसार आन्द्रामा प्वाल परेर संक्रमण हुने, यसलाई मेडिकल भाषामा पेरी टोनाइसिस रोग भनिन्छ।

यसको अप्रेसन जटिल प्रकृतिको हुन्छ। ‘बिरामीलाई पूर्णतया बेहोस् गर्नुपर्छ,’ उनले भने, ‘जसको लागि एमडी एनेस्थेटिक हुन जरुरी छ। प्रादेशिक अस्पतालमा एमडी एनेस्थेटिक डाक्टर नभएको कारण यस प्रकृतिका बिरामीलाई हामीले विशेषज्ञ डाक्टरसँग सल्लाह गरेर नारायणी अस्पताल वीरगन्जमा रिफर गर्दै आएका छौं।’

तर, लालुको अप्रेसनको लागि गौरस्थित निजी अस्पतालमा पठाउनु गलत भएको डाक्टर ठाकुरले बताएका छन्।

‘विगतमा प्रादेशिक अस्पताल गौरमा एक जना मात्र सर्जन डाक्टर हुँदा समस्या भएको कारण अस्पताल व्यवस्थापन समितिको पहलमा थप दुई जना सर्जन डाक्टरको व्यवस्था गरिएको छ। तर, पनि यस्तो अवस्था आउनु दुःखद् छ,’ उनले भने।

प्रादेशिक अस्पतालमा कार्यरत् केही नैतिकता नभएका डाक्टरले आफ्नो स्वार्थपूर्तिका बिरामीलाई निजी अस्पतालमा पठाउने गरेकोबारे लिखित उजुरी आएकाले यसको सम्बन्धमा स्वास्थ मन्त्रालयमा कुरा राख्ने मेडिकल सुपरीटेन्डेन्ट ठाकुरले प्रतिवद्धता जनाएका छन्।

अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमीले घटना सम्बन्धमा डाक्टर ठाकुर, साह र अन्जुमसँग लिखित स्पष्टीकरण सोध्न लागिएको तथा कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन्।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!