nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रिंकु सदा मृत्यु प्रकरण : एसएसपीको नेतृत्वमा छानबिन समिति गठन, न्यायको पर्खाइमा परिवार

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन ६, २०८१, ५:३७ मध्यान्ह
रिंकु सदा मृत्यु प्रकरण : एसएसपीको नेतृत्वमा छानबिन समिति गठन, न्यायको पर्खाइमा परिवार
फागुन ६ गते। सिराहाको नवराजपुर गाउँपालिकामा भएको १७ वर्षीय किशोरी रिंकु सदाको शङ्कास्पद मृत्यु घटनाको विस्तृत अनुसन्धान गर्न मधेस प्रदेश प्रहरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा बनेको उक्त समितिले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।
गत माघ ३० गते आफ्नै घरको टिनको छानामा झुन्डिएको अवस्थामा फेला परेकी रिंकु घटनाको पृष्ठभूमि थप रहस्यमय बन्दै गएको छ । स्थानीय तीन युवक— रूपेश मण्डल, चन्दन साह, र राम विनय मण्डलले सामूहिक बलात्कार गरेको आरोपमा पञ्चायत बसेको तथ्य बाहिरिएपछि घटना झन् गम्भीर मोडमा पुगेको छ । घटनापछि स्थानीय वडा सदस्य नथुनी साहको रोहवरमा पञ्चायत बसेर आर्थिक लेनदेनमार्फत मुद्दा मिलाउन खोजिएको खुलासा भएको छ । पीडित पक्षका अनुसार, पञ्चायतले रूपेश मण्डललाई डेढ लाख जरिवाना तिर्नुपर्ने निर्णय गरेको थियो, जसलाई उनका परिवारले अस्वीकार गर्दै रकम घटाउन माग गरेका थिए ।
पञ्चायतपछि पीडित किशोरी मानसिक तनावमा परेकी थिइन् । न्याय नपाएको निराशामा उनले आत्महत्या गरिन् वा उनको हत्या भयो भन्ने विषय अझै अनुसन्धानको चरणमै छ । तर, परिवारले प्रहरी प्रशासनले नै अपराधलाई दबाउन खोजेको आरोप लगाएको छ । जाहेरी दर्ता गराउन जाँदा पटक-पटक सच्याउन दबाब दिइएको र अन्ततः आत्महत्या दुरुत्साहनको मात्र मुद्दा दर्ता गरिएको परिवारको गुनासो छ ।
घटनापछि राज्यको भूमिका प्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभाका सांसदहरूले दोषीलाई तत्काल कानुनी कारबाहीको माग गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का सांसद वीरेन्द्रप्रसाद महतोले प्रतिनिधिसभामा बोल्दै भने, ‘न्याय नपाएर आत्महत्या गर्नुपर्ने अवस्था किन आयो? अपराधीलाई उन्मुक्ति दिन खोज्ने राज्यको मौनता चित्तबुझ्दो छैन। दोषीलाई कडा कारबाही गरियोस् ।’
त्यस्तै, नेकपा एमाले सांसद सम्झना थपलियाले पीडकहरू अझै फरार रहेको र प्रहरी निष्क्रिय देखिएकोप्रति असन्तोष व्यक्त गर्दै भनिन्, ‘बलात्कारजस्तो गम्भीर अपराधमा पनि प्रहरी जाहेरी लिन आनाकानी गरिरहेको छ। राज्य किन मूकदर्शक बनेको छ?’
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार, घटना रहस्यमय देखिएको र विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानले पीडित परिवारलाई पूरक जाहेरी दिन आग्रह गरिएको जानकारी गराए । उनले भने, ‘प्रहरीले निष्पक्ष छानबिन गर्नेछ र दोषीहरूलाई कानुनी कठघरामा ल्याउनेछ ।’
तर, स्थानीय तहमा प्रहरीमाथि नै अविश्वास देखिएको छ । पञ्चायती प्रक्रियाबाट न्याय खोज्ने प्रयास र प्रहरीको ढिलासुस्तीले पीडित परिवार थप पीडित बनेका छन् । रिंकु सदाको मृत्यु सामान्य आत्महत्या मात्र हो कि योजनाबद्ध अपराध? यसबारेको सत्य तथ्य बाहिर आउन बाँकी छ । प्रदेश प्रहरी कार्यालयले गठन गरेको छानबिन समितिले न्याय दिन सक्नेछ वा विगतझैँ अपराधी उन्मुक्त हुनेछन्? यो प्रश्नको उत्तर अझै अनिश्चित छ । तर, पीडित परिवार र मानव अधिकारकर्मीहरू निष्पक्ष छानबिनको माग गर्दै निरन्तर आवाज उठाइरहेका छन् ।
Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि